२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा संसारकै दोश्रो अग्लो बञ्जी सहतिको साहसिक पुल निर्माण कार्य शुरु

२०७३, १३ बैशाख सोमबार ०३:०७
banjujump

(फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको नमुना)

पर्वत, पछिल्लो पटक जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउनको लागि एक पछि अर्को पर्यटकीय गन्तव्य स्थलका निर्माण तथा निर्माणका कार्य भैरहेका छन् । जिल्लामा भएका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रर्वद्धन गर्नको लागि जिल्लामा एक पछि अर्को पर्यटकलाई आकर्षक हुने स्थलको निर्माण गर्न थालिएको छ ।

  नेपालकै अग्ला ३ झोलुङ्गे पुलको जिल्लाको रुपमा चिनिएको पर्वतलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा चिनाउनको लागि  एसियाकै पहिलो बन्जीजम्प सहितको साहसिक पुल निर्माण कार्यको थलानी भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चाक्लो डिलबाट र बागलुङको बलेवालाई जोड्न र यस क्षेत्रलाई पर्यटन गाउँका रूपमा बिकास गर्ने उद्देश्यले उक्त पुलको निर्माणको कार्य शुरु गरिएको छ ।

संसारकै अग्लोमा दोस्रो बञ्जीका रुपमा संचालन हुन लागेको पु्लका लगानीकर्ता युवराज जोशीले जानकारी दिए । जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गराउनको लागि यो पुलको निर्माण कार्यको थलानी गरीएको जोशीको भनाई छ । संसारकै लामो स्वीङ र अति स्तरीय स्काई बृजले धेरै बाहृय पर्यटकहरूलाई कुश्मामा आकर्षित गर्ने विश्वास जोशीले गरेका छन् । उक्त पुलको निर्माणसँगै बलेवामा २० रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट समेत संचालन हुने भएको छ । उक्त रिसोर्टमा स्वीमिङ पुल, स्टिम वाथ र अति स्तरीय एवं अत्याधुनिक कोठाहरू निर्माण गरिने जोशीले सहरान्यूजलाई जानकारी दिए ।

banjijump2

(फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको नमुना)

पर्वतको मात्र नभएर नेपाल राष्ट्रकै गौरवका रूपमा निर्माण हुन लागेको यो बञ्जीले विश्वभरका साहसिक खेलाडिहरूलाई आकर्षित गर्ने विश्वास गरिएको पुलका अर्का लगानीकर्ता नेत्र पराजुलीले बताए । उक्त बञ्जीका लागि करिव ११ करोड देखि १२ करोड रूपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ । चार जना युवराज जोशी, नेत्र पराजुली, राज कार्की र फ्लोरीडाको लगानीमा बन्न लागेको उक्त साहसिक पुलको निर्माण कार्य इन्टर वल्र्डलाई जिम्मा दिइएको छ । उक्त पुल १ वा डेढ बर्षभित्र निर्माण कार्य सम्पन्न हुने जनाइएको छ । पुलको डिजाईन आर् के मलिकले गरेका हुन् ।

कालीगण्डकी नदीमाथि निर्माण हुन लागेको यो पुलबाट साहसिक पर्यटकहरुलाई आकर्षकण गर्न सकिने बताइएको छ । पुलको निर्माणसँगै छिमेकी जिल्लाको बलेवा र कुश्माको पर्यटकीय क्षेत्रको विस्तार गर्न सहज हुने देखिन्छ । पुलको निर्माणसँगै बलेवामा रहेको प्रयोगविहिन एरपोर्टलाई समेत संचालनमा ल्याउने हो भने दुवै जिल्लाको पर्यटकीय विकासको लागि ठूलो अबसरका रुपमा सावित हुने देखिन्छ जसकालागि दुवै जिल्लाले पहल गर्नुपर्ने देखिन्छ ।

(फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको शिल्यान्यास तथा निर्माणकार्यको थलानी भएको स्थल)

pool

banjijump-silyanas

(फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको शिल्यान्यास तथा निर्माणकार्यको थलानी भएको स्थल

pool

९फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको निर्माणकार्यको थलानी हुदै

pool-niramn

फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको निर्माणकार्यका लगानी कर्ता युवाज जाशी सामु्हीक तस्वीर खिचाउँदै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ