२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

विद्युत् केन्द्रमा तोडफोड गर्ने ४ जना म्याग्दीबाट प्रक्राउ

२४ जेष्ठ २०७५, बिहीबार ०५:४२

जेठ २४ म्याग्दी | विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको समूहले कार्यालयमा तोडफोडसमेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मंगलबार रातको करीब १० बजे कार्यालयमा पसेका केही व्यक्तिले कार्यालयभित्र भएको टेलिफोन, चारवटा झ्यालको सिसासमेत फुटाएको कार्यालयले बुधबार अबेर जनाएको छ । 

रातका समयमा कार्यालय तोडफोड गर्ने कार्यमा संलग्न रहेका रामबहादुर थापा, हरिबहादुर शाक्य, दिलीप बरुवाल र गंगा थापालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । 

पक्राउ परेकामध्ये हरिबहादुर शाक्य राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य हुनुहुन्छ । पक्राउ परेकालाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ