२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा एकै घरका दुई बुहारी बैशाखदेखि सम्पर्कविहीन

२४ जेष्ठ २०७५, बिहीबार ०५:५९

जेठ २४, म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । 

डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिनुभयो । 

बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उहाँले बताउनुभयो । “हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गर्यौ तर केही पनि पत्ता लाग्न सकेन,”– बुढाले भन्नुभयो । हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ । 

खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्वीरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ । चिनाका श्रीमान् गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमान्समेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् । 

घरपरिवारको सम्पर्कविहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्किएपछि मोबाइल फोनसमेत स्विच अफ गरेका कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाइ छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने