१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह आरम्भ

१३ बैशाख २०७३, सोमबार ०६:५८

 कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले शिक्षाको लागि विश्वव्यापी कर्या सप्ताह मनाउने कार्यक्रम आजदेखि थालनी गरेको छ । अप्रिल २४ देखि ३० तारिखसम्म चल्ने अभियानमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिएको छ । एनसिइ नेपालले विश्वव्यापी अभियान (जिसिइ) ले निर्दिष्ट गरेका विषयभित्र रही प्रत्येक वर्ष नेपालमा विश्वव्यापी कार्य सप्ताहको समेत संयोजन गर्दै आएको छ ।

यो सप्ताहव्यापी अभियानको माध्यमबाट शिक्षा क्षेत्रका सवालमाथि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न र सरकारलगायत जिम्मेवार निकायलाई जवाफदेही र उत्तरदायी बनाइ नेपालका सबै बालबालिकाले समान र समतामूलक ढंगमा शिक्षा पुर्याउने अभियानमा योगदान पु¥याउँदै आएको छ । यस क्रममा विश्वव्यापी कार्य सप्ताहलाई यसवर्ष “Fund for future : Education right now” भन्ने मूल नाराका साथ मनाउन लागिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीले जानकारी दिए ।

कार्य सप्ताहको सन्दर्भ पारेर जिल्ला सञ्जाल पर्वतको अग्रसरतामा जिल्ला शिक्षा कार्यालय र अन्य सरोकारवालाहरुसँग समन्वय गरेर रेडियो र टेलिभिजनमा अन्तरसम्बाद कार्यक्रम, पत्रपत्रिकामा शैक्षिक आलेख प्रकाशन, शैक्षिक अन्तरक्रिया, अभिमुखीकरणलगायतका कार्यक्रम आयोजना गरिने भएको छ । जिल्लामा विद्यालय उमेरका सात सयभन्दा बढी बालबालिका विद्यालय बाहिरै रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कबाट देखिन्छ । बालमैत्री सिकाई वातावरणको निर्माण गर्ने र सबैलाई समतामुलक सामान समावेशी शिक्षा प्रदान गर्न शिक्षाको बजेट बढाइ कुल बजेटको कम्तिमा पनि २०५ र कुल ग्राह्यस्थ उत्पादनको ६५ छुट्याउन आवश्यक छ भन्ने कुरालाई शैक्षिक अभियन्ताहरुले चर्को रुपमा उठाइरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल