२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज जन्मस्थल गोरखा पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा. देवकोटा

२०७५, २६ जेष्ठ शनिबार १७:५१

जेठ २६, काठमाडौँ | वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई आज उहाँको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । 

पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहनुभएका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पुर्याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ । 

डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उहाँसँगै गोरखा जानुभएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पुर्याइएको थियो । 

उहाँले भन्नुभयो, “डा देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाउनुभएको थियो, त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार/पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।” 


डा देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गर्नुभएको थियो । जन्मस्थान पुगेपछि डा देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ (म अत्यन्त खुशी छु) भन्दै खुसी व्यक्त गर्नुभएको डा कार्कीले बताउनुभयो । 

रासससँग कुरा गर्दै डा कार्कीले भन्नुभयो, “गोरखा जाने इच्छा व्यक्त गर्नुभएको थियो, अस्ति नै गोरखा लाने तयारी गरिएको थियो, तर स्वास्थ्य समस्या देखिएपछि सम्भव भएन, आज राम्रो अवस्था भयो, त्यसैले काठमाडौँबाटै सम्पूर्ण तयारी गरी मेडिकल टिमसहित उहाँको इच्छा अनुसार जन्मघर लगेर ल्यायौँ ।” 

डा देवकोटालाई लिएर जाँदा दुई हेलिकोप्टर गोरखा गएका थिए । उहाँसँग न्यूरो अस्पतालमा उहाँको उपचारमा खटिएका एनेस्थेसियाका चिकित्सक डा मायुस मुनाकर्मी, मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालीम प्राप्त इमरजेन्सी विशेषज्ञ डा कार्की, मेडिसिटीकै प्यारामेडिक्स रमेश न्यौपाने, डा देवकोटाकी श्रीमती मधु दीक्षित, उहाँका छोरी र एक आफन्त गोरखा जानुभएको थियो । 

जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको बताउँदै डा कार्कीले उहाँको स्थिति गम्भीर भएपनि आत्मबल भने उच्च रहेको बताउनुभयो । 

जन्मघरमा करीब एक घण्टा बसेपछि डा देवकोटालाई पुनः काठमाडौंस्थित न्यूरो अस्पतालको आइसियुमा राखेर उपचारमा निरन्तरता दिइएको छ । उहाँको स्वास्थ्यस्थितिलाई लिएर शुक्रबार र शनिबार बिहानसम्म विभिन्न अफवाह फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको पुष्टि गर्दै हल्लाको पछाडि नलाग्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ