२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-विचल्लीमा भूकम्प पीडित

२०७३, १५ बैशाख बुधबार ०४:२९

भूकम्पले क्षेतविक्षत भएको पनि एक बर्ष पुरा भयो तर अझै पनि भुकम्प पीडित राहतको प्रखाइमा रहेका छन् । बर्षौ दिन पुग्दा पनि भूकम्प पीडित अझै पालको भरमा जिविन व्यतित गरिहरको छन् । ‘यस्तै ताल हो भने एक दशकमा पनि भूकम्प पीडितहरूलाई घरभित्र पसाउन सकिँदैन ।’ पुर्ननिर्माणको कार्य गर्नको लागि सरकार जिम्मेवारी भएको देखिदैन ।

शंखेकिराको गतिमा पुर्ननिर्माणको कार्य अगाडी बढाएको सरकार भूकम्प पीडतप्रति  गैरजिम्मेवारी भएर प्रस्तुत भएको आम नागरिकलाई अबगत भएको कुरा हो । यस्तो दिव्यज्ञान प्राप्त गर्न नै एक वर्ष लगाएको सरकारले अब कुनै अर्को भूकम्पको साइत कुरेको हो या, आफ्नो गैरजिम्मेवारीपन दर्शाएको हो  । एक बर्षसम्म दिव्यज्ञान हासिल गर्न लागेको सरकारले भूकम्प पीडित सबै घर, बस्ती, सडक र देवलको पुनर्निर्माण बारे भने गम्भीर आशंका र प्रश्न ज्युँकात्युँ छन् ।

मुख्तियार भीमसेन थापा होउन् या श्री ३ महाराज जुद्ध शमशेर या प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, उनीहरू सबैजसोको प्राथमिकता भने जनताका घर र बस्ती होइनन्, धरहरा नै रहेको छ, जुन गज्जबको संयोग मिलेको छ । बर्षदिनमा पनि गरीब जनताको घर निर्माण र उनिहरुको सरकारको अनुभूति दिलाउनको लागि भन्दा पनि सरकार धरहराको निर्माण गरी वाहवाह कमाउन खोजिरहेको छ ।

जनताको घर बनाउनको लागि विदेशी दातृ निकायको मुख ताकेको ओली सरकार धरहराको निर्माण भने आफै नेपालीले बनाउँन पर्छ भन्दै विकुल फुकिरहेका छन् । भूकम्प पीडितहरू चिसोले कठ्यांग्रिएर मर्नुपर्ने अत्यन्त तितो यथार्थ र उनले सिर्जना गर्न खोजेको ‘भर्चुअल रियालिटी’ बीचको द्वन्द्वको अभिव्यक्तिमा देखिन्छ । झट्ट हेर्दा झिलिमिली आकर्षक र लोभलाग्दो  तर त्यसले जनताबीच भ्रमको खेतीबाहेक केही गरेको छैन ।

रात्री भोज र दिवा भोजको लागि राष्ट्रीय ढुकुटीबाट करोडौ रकम सिध्याउने ओली जनताको घर बनाउनको लागि विदेशी अनुदान र ऋणमा लिएर देशलाई डुबाउने खेलमा लागिरहेको यो तितो यथार्थनै हो । भूकम्पले नेपाली नागरिकलाई सडकमा ल्यायो तर एनजिओलाई भने मालमाल बनाएको छ । भुकम्पको लागि आएको राहतमा पनि राजनीतिकरण भएका कारण अझै पीडिहरु राहतको प्रखाइ र सरकारको मुहार हेर्नको लागि प्रतिक्षमा रहेका छन् ।

राष्ट्रबादको नारा घन्काउने ओली सरकार कहिले संविधान घोषणा भएकोमा भोज, कहिले सरकार गठन भएको खुसियालीमा पार्टी, कहिले भारत र चीन भ्रमणको सफलतामा डिनर त कहिले आफ्नै गुटगत अभियानका लागि लन्चमा नै व्यस्त भएको छ जसका कारण पनि सरकारले भूकम्प पीडितको लागि केहि गर्नको सकेको छैन । सरकारले भूकम्प पीडितलाई सरकारको अनुभूति गराउनको लागि अझै सकिराखेको छैन । सरकारले तत्तकाल भूकम्प पीडितलाई सरकारको अनुभूति दिलाउन सक्नुपर्छ यहि नै जनताको लागि     सरकारको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन