२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पश्चिम नवलपरासीमा एक जना भारतीय सहित चार जना पक्राउ

२७ जेष्ठ २०७५, आईतवार ०४:०७

जेठ २७, नवलपरासी | पश्चिम नवलपरासीमा लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ । 

गत जेठ २४ गते अवैध लागुऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागु औषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुमा जिल्ला म्याग्दी मल्कवाङ घर भएका २२ वर्षीय कुमार छन्त्याल र जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका–१९ बस्ने २२ वर्षीय अशोक परियार, जिल्ला नवलपरासी रामग्राम नपा–९ कमैनी बस्ने २५ वर्षीय दुर्योधन कुशवाहा र भारत उत्तरप्रदेश जिल्ला महाराजगञ्ज थाना निपोनिया बस्ने ३५ वर्षीय रमेश चन्द रहेका छन् । 

प्रहरीले सन्त्याल र परियारलाई लागुऔषधसहित रामग्राम नपा–३ रामखण्ड पुल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो भने कुशवाहा रामग्राम नपा–३ बाट र चन्द्रलाई पाल्हिनन्दन गाउँपालिका–५ चमन टोला क्षेत्रबाट रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सन्त्याल र परियारको साथबाट डाइजापाम २५ एम्पुल, फेनराजन २५ एम्पुल, नुर्फिन २५ एम्पुल र नाइट्राभेट १० लेखिएको पाँच पातामा प्रतिपत्ता ३० ट्याब्लेटको दरले १५० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने कुशवाहा र चन्दका साथबाट नुर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनरागन ५० एम्पुल लागुऔषधसमेत बरामद गरेको थियो । 

गोप्य सूचनाका आधारमा पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमले जनाएको छ । 

यसैगरी, प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पूर्वी नवलपरासीबाट शनिबार पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयित्रिवेणी गाउँपालिका–७ ब्यारेज पुल क्षेत्रबाट प्रहरीले रुपन्देही तिलोत्तमा नपा–१ बस्ने २२ वर्षीय मनिष थापालाई पक्राउ गरेको हो । 

प्रहरीले थापाका साथबाट नोट्रोजेपाम ट्याब्लेट ३० र स्पास्मो प्रोक्सभोनप्लस क्याप्सुल ७२ वटा गरी कूल १०२ वटा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आइरहेका अवस्थामा थापालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट सो लागुऔषध बरामद भएपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पूर्वले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य