२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६ करोडको लगानीमा मिनि मार्केट

२०७३, १७ बैशाख शुक्रबार ०३:३७

20160426_104400पर्वत, धौलागिरीमा पहिलो पटक मिनि मार्केट संचालनमा आउने भएको छ । पर्वतको कुश्माबजारको लोकतान्त्रिचोकमा ६ करोडको लगानीमा मोती मिनि मार्केट संचालनमा आउन लागेको हो ।

ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको मिनि मार्केट संचालक शरद कुमार जोशीले बताउँछन् । उनको एकल लगानीमा ५ करोडको जग्गा र १ करोड २० लाखको भौतिक संरचना निर्माण भएको  मिनि मार्केटमा ५५ वटा सटरहरु रहेका छन् ।

आफ्ना हजुरबुवा  मोतिप्रसाद जोशीको सम्झनामा उनले उक्त मार्केटको निर्माण गरेका हुन् । देशका ठूलाठूला शहरमा यस्ता किसिमका  मार्केटहरु भएता पनि धौलागिरी अंचलमा नभएका कारण आफुले मिनि मार्केटका संचालन गर्ने सोच बनाएको संचालक जोशीको भनाई छ । मिनि मार्केटमा रहेका सटहरु न्यूतम शुल्क भने अतिनै सस्तो रहेको छ ।

अन्यन्त्र ७ हजार देखि २० हजार रुपैयाँ सम्ममा उपलब्ध हुने सटहरु २ देखि ३ हजारसम्ममा उपलब्ध गराएको जोशीको भनाई छ । ¬मिनि मार्केटको संचालनबाट जिल्लाबासीलाई धेरै राहत मिल्ने उनको बुझाई छ । जिल्लामा मिनि मार्केट संचालनमा आउनाले धेरै राहत मिल्ने सेवाग्राही रमा श्रेष्ठले बताइन् । जिल्लामा अन्य पसलमा भन्दा मार्केटमा १० देखि १५ प्रतिशत सम्म सस्तो भएको श्रेष्ठको भनाई छ ।

एउटै छानाम्ुनि किचनमा प्रयोग हुने सामानदेखि खाद्यन्न, इलेक्ट्रोनिक सामानदेखि लत्ताकपडा, सौन्दर्यका सामाग्री, फ्रेसहाउस र तरकारी तथा फलफुल, होटलहरु संचालनमा आइरहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो