२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट र सिन्धुपाल्चोकमा आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

२०७५, ३१ जेष्ठ बिहीबार ०३:३४

जेठ ३१, नुवाकोट | जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । 

दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको पहुँच बाहिर रहेकाको जीवनस्तर सुधारगरी उनीहरुलाई प्रतिस्पर्धाको दायरामा सामावेश गर्न कार्ययोजनासहितको नयाँ कार्यक्रम शुरु गरेको शक्ति समूहका अध्यक्ष बलकुमारी रानाले जानकारी दिनुभयो । 

“दुई जिल्लाका साविक दश–दश वटा गाविसका १२ हजार ५०० भन्दा बढी लक्षित समुदायसमक्ष पुग्ने योजना बनाएका छौँ ।” रानाले भन्नुभयो, “यहाँको घ्याङफेदी, गाउँखर्क, राउतबँेशी, बेतिनी, बालकुमारी, समुन्द्रटार, शिखरबेँशी, रालुकादेवी, थप्रेक र तलाखु छनोटमा परेका छन् ।” उहाँका अनुसार सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका छनोटमा परेका छन् । 

अबको तीन वर्षसम्म चल्ने कार्यक्रमले अपांगता भएका व्यक्ति तथा बालबालिका, गरिबीको रेखामुनि रहेका समुदाय, जोखिम तथा बेचबिखन एवं हिंसाबाट प्रभावित बासिन्दा र सीमान्तकृत समुदायमा परिवर्तन ल्याउने लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक सरला तामाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रमले शिक्षा, जीविकोपार्जन र समुदायमा आधारित संरक्षण संयन्त्रमार्फत उनीहरुको दैनिकीमा परिवर्तन, क्षमता अभिवृद्धि तथा कमजोर अवस्थाविरुद्ध प्रतिरोध गर्न दक्ष बनाउने उद्देश्य राखिएको छ । 

मानव बेचबिखन तथा बालबालिका संरक्षणका लागि पछिल्लो दश वर्षदेखि क्रियाशील शक्ति समूहले यहाँको सरकारी संयन्त्रलाई अभिभावकत्व र सरोकार राख्ने संस्थाको सहयोगमार्फत समुदाय परिवर्तन गराउन शुरु गरेको जिल्ला सम्पर्ककर्ता सम्झना प्रसाईले बताउनुभयो । 

कार्यक्रम सञ्चालनपूर्व कार्यक्षेत्रमा गरिएको अध्ययनमा बालबालिका आफ्नो हकअधिकार प्राप्त गर्नबाट कुनै न कुनै रुपमा वञ्चित भएको र महिला हिंसा पीडित भएको तथ्यांक शक्ति समूहले सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै