२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजनीतिक खिचातानीले फलेवास पछि परेकोमा सांसद जोशीको चिन्ता

२०७३, १७ बैशाख शुक्रबार ०६:३३

arjun joshiपर्वत नेपाली काग्रेसका नेता एवं साँसद अर्जुनप्रसाद जोशीले फलेवास व्यापक संभावना बोकेको प्रशिद्ध ठाउ भएर पनि राजनीतिक आग्रह र पूर्वाग्रहका कारण निकै पछि परेकोमा चिन्ता व्यक्त गरेका छन् । सांसद जोशीले फलेवास (देवीस्थान)मा सदाबहार कृषक समूहको सक्रियतामा निर्माण गरिएको नयाँ प्रविधिको लिफ्ट सिंचाई आयोजनाको विहिवार उद्घाटन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले फलेवासको शैक्षिक, समाजिक र आर्थिक विकासका लागि दलीय पूर्वाग्रहबाट मुक्त भएर विकासको साझेदार बन्न सबैलाई अनुरोध गरे । सांसद जोशीले आफू काग्रेसको एजेण्डा बोकेर फलेवास कहिल्यै नआएको वताउदै आफ्नो एजेण्डा जहिलेपनि जिल्लाको आर्थिक समृद्धि र विकासको पक्षमा भएको दावी समेत गरे । उनले आफू पर्वत क्षेत्र नं १ बाट चुनाव जितेको भएपनि क्षेत्र नं २ को विकास निर्माणमा आफूले सधै चासो र चिन्ताका साथ काम गरिरहेको प्रष्ट पारे ।

सांसद जोशीले सबै महिला, पुरुष र युवाहरुलाई आयआर्जन र उद्यमशीलतामा लाग्न सुझाव दिंदै त्यसका लागि आवश्यक पानी, विजुली, मोटरबाटो र अन्य उपकरणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेता जोशीले तलको पानी माथि तानेर अत्याधुनिक प्रविधिबाट सिंचाई संचालन गरि कृषिमा टेवा पु(याएकोमा सदाबहार कृषक समूहलाई धन्यवाद दिए ।

कार्यक्रममा  जिविसका योजना अधिकृत महेश शर्मा, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, बरिष्ठ पशु विकास अधिकृत सुदीप थापा, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, नेपाली काग्रेसका नेता गगाराज शर्मा, कृषि अनुसन्धान परिषदका अधिकृत खड्कप्रसाद श्रेष्ठ, कृषि उपकेन्द्र फलेवासका प्रमुख ढाकाराम सुवेदी, स्थानीय युवा सुरज श्रेष्ठ र समूहका उपाध्यक्ष रामप्रसाद भुसाल लगायतले बोलेका थिए ।

सदाबहार कृषक समूह देवीस्थान(६ फलेवास पर्वतको सक्रियतामा संचालन गरिएको उक्त लिफ्ट सिंचाई आयोजनाबाट त्यस क्षेत्रको एकसय ५० रोपनी जमिन सिंचित हुने विश्वास गरिएको छ । कृषक समूहका ज्येष्ठ सदस्य नारायणबहादुर प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सदाबहार कृषक समूहका अध्यक्ष भरतकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन स्थानीय शिक्षक पूर्णकुमार श्रेष्ठ र समूहको प्रगति प्रतिवेदन सचिव मिश्रीकुमारी श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । सो लिफ्ट सिंचाइका लागि १३ लाख रुपैया खर्च भइसकेको र अझै १३ लाख बढी रुपैया खर्च लाग्ने समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण