४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजनीतिक खिचातानीले फलेवास पछि परेकोमा सांसद जोशीको चिन्ता

१७ बैशाख २०७३, शुक्रबार ०६:३३

arjun joshiपर्वत नेपाली काग्रेसका नेता एवं साँसद अर्जुनप्रसाद जोशीले फलेवास व्यापक संभावना बोकेको प्रशिद्ध ठाउ भएर पनि राजनीतिक आग्रह र पूर्वाग्रहका कारण निकै पछि परेकोमा चिन्ता व्यक्त गरेका छन् । सांसद जोशीले फलेवास (देवीस्थान)मा सदाबहार कृषक समूहको सक्रियतामा निर्माण गरिएको नयाँ प्रविधिको लिफ्ट सिंचाई आयोजनाको विहिवार उद्घाटन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले फलेवासको शैक्षिक, समाजिक र आर्थिक विकासका लागि दलीय पूर्वाग्रहबाट मुक्त भएर विकासको साझेदार बन्न सबैलाई अनुरोध गरे । सांसद जोशीले आफू काग्रेसको एजेण्डा बोकेर फलेवास कहिल्यै नआएको वताउदै आफ्नो एजेण्डा जहिलेपनि जिल्लाको आर्थिक समृद्धि र विकासको पक्षमा भएको दावी समेत गरे । उनले आफू पर्वत क्षेत्र नं १ बाट चुनाव जितेको भएपनि क्षेत्र नं २ को विकास निर्माणमा आफूले सधै चासो र चिन्ताका साथ काम गरिरहेको प्रष्ट पारे ।

सांसद जोशीले सबै महिला, पुरुष र युवाहरुलाई आयआर्जन र उद्यमशीलतामा लाग्न सुझाव दिंदै त्यसका लागि आवश्यक पानी, विजुली, मोटरबाटो र अन्य उपकरणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेता जोशीले तलको पानी माथि तानेर अत्याधुनिक प्रविधिबाट सिंचाई संचालन गरि कृषिमा टेवा पु(याएकोमा सदाबहार कृषक समूहलाई धन्यवाद दिए ।

कार्यक्रममा  जिविसका योजना अधिकृत महेश शर्मा, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, बरिष्ठ पशु विकास अधिकृत सुदीप थापा, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, नेपाली काग्रेसका नेता गगाराज शर्मा, कृषि अनुसन्धान परिषदका अधिकृत खड्कप्रसाद श्रेष्ठ, कृषि उपकेन्द्र फलेवासका प्रमुख ढाकाराम सुवेदी, स्थानीय युवा सुरज श्रेष्ठ र समूहका उपाध्यक्ष रामप्रसाद भुसाल लगायतले बोलेका थिए ।

सदाबहार कृषक समूह देवीस्थान(६ फलेवास पर्वतको सक्रियतामा संचालन गरिएको उक्त लिफ्ट सिंचाई आयोजनाबाट त्यस क्षेत्रको एकसय ५० रोपनी जमिन सिंचित हुने विश्वास गरिएको छ । कृषक समूहका ज्येष्ठ सदस्य नारायणबहादुर प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सदाबहार कृषक समूहका अध्यक्ष भरतकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन स्थानीय शिक्षक पूर्णकुमार श्रेष्ठ र समूहको प्रगति प्रतिवेदन सचिव मिश्रीकुमारी श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । सो लिफ्ट सिंचाइका लागि १३ लाख रुपैया खर्च भइसकेको र अझै १३ लाख बढी रुपैया खर्च लाग्ने समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता