२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

रघुगंगा आयोजनामा ठेकेदार परिचालन

२०७५, ३१ जेष्ठ बिहीबार १०:००

जेठ ३१, म्याग्दी | रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता भएको थियो । भारतीय कम्पनी जेपी एशोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । 

ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले जेठ १० गते ठेक्का सम्झौताको स्वीकृति दिएको हो । कम्पनीले डिजाइन र व्यवस्थापनको काम शुरु गरेको छ भने बाँध, सुरुङ र विद्युत्गृहको काम एकसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । 

आगामी ३९ महिनामा आयोजनाबाट विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । यसअघि छनोट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । 

आयोजना नदीको बहावमा आधारित छ । 

यसको सम्भाव्यता अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्यावधिक गरेको हो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झीँ र दग्नाममा पर्छ । झीँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत्गृह पिप्लेको तिल्केनीचौरमा रहने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै