२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठूलीपोखरीमा अदुवा खेती तालिम सुरु

२०७३, २० बैशाख सोमबार ०४:५२

, पर्वत
प्रmन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था पर्वतको आयोजना तथा जिल्ला विकास समिति पर्वतको सहयोगमा ठूलीपोखरी गा.वि.स.मा ३ दिने अदुवा खेती तालिम सुरुवात भएको छ । स्थानीय युवा साझेदारी कार्यक्रम, ठूलीपोखरी गा.वि.सको पाखोवारीमा अदुवा उत्पादन तथा बजारीकरण आयोजना अन्तर्गत सो तालिम शुक्रवारबाट एक कार्यक्रम बीच औपचारीक रुपमा सुरु भएको हो ।

ठूलीपोखरी गा.वि.स.का सचिव कुलप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको उद्धाटन सत्रमा जिल्ला कृषक महासंघ सदस्य भगवती शर्मा, कृषि महासंघ ठूलिपोखरीका अध्यक्ष ज्योतिन्द्र पौडेल, फ्रन्टलाइन नेपालका कार्यक्रम संयोजक घनश्याम पौडेल, फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम वाटुलेचौर नागरिक सचेतना

केन्द्रका संयोजक मिना परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालक रमेश पौडेलले गर्नुभएको थियो ।
तालिममा बाटुलेचौर नागरिक सचेतना केन्द्रका ३० जना सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत अजय अधिकारी र ठूलीपोखरी कृषि सेवा केन्द्रका प्रमुख छन्दकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको छ ।  ३ दिने तालिम पश्चात कृषकहरुलाई विउ अनुदान सहयोग गरि ४ दिने फिल्ड अभ्यासका साथै अदुवा लगाउने समेतकोे कार्यक्रम रहेको कार्यक्रम संयोजक घनश्याम पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन