४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौंका विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग

२० बैशाख २०७३, सोमबार ०४:५६

किशोर सापकोटा , पर्वत । वनौं गाविसस्थित फुलचढाउने सामुदायिक वन उपभोक्ता समूहका अति विपन्न बीस परिवारलाई आयआर्जन अभिवृद्धिका लागि वार्षिक पाँच प्रतिशत ब्याजमा प्रति परिवार पन्ध्र हजारका दरले शनिवार रकम वितरण गरिएको छ ।

रकम वितरण समारोहका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ, पर्वतका अध्यक्ष किशोर सापकोटाले आर्थिक अभावका कारण आयआर्जनका क्रियाकलाप संचालन गर्न नसकेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यका साथ रकम वितरण गरिएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “हाम्रो वन व्यवस्थापन दुनियाँकै उदाहरणीय भएकोले संसारभरीका दाताहरु हामीसँग हातेमालो गर्न तयार छन्, त्यसैले ढुक्क भएर सामुदायिक वनको अभियानमा लाग्नुहोस् ।”

बहुसरोकारवाला वन कार्यक्रम र लीबर्डको सहयोगमा सामुदायिक वन उपभोत्ता महासंघ, पर्वतले फूल चढाउने सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराएको उक्त रकम समूहले घुम्तिकोषका रुपमा परिचालन गर्दै जाने समूहका अध्यक्ष कुमबहादुर पूर्जाले बताउनुभयो । समूहका अध्यक्ष कुमबहादुर पूर्जाको अध्यक्षता र फेकोफन पर्वतका सामाजिक परिचालक उत्तम परियारको संचालनमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस बनौंका अध्यक्ष होमबहादुर पूर्जा, नेकपा एमालेका अध्यक्ष बुद्धिप्रसाद कँडेल, एमाओवादीका जिल्ला कमिटी सदस्य, गौबहादुर पुन र जनमुक्ति पार्टीका प्रतिनिधि रामबहादुर पूर्जाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता