२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कार्यलयमा अनुपस्थित भएर सरकारी सेवा सुविधा लिने पर्वतका २२ अधिकृत सहित १ सय ७ सहायक कर्मचारी प्

२०७३, २० बैशाख सोमबार ०४:५९

 
महेन्द्र जिसी
वैशाख पर्वत
जनताले तिरेको करबाट  तलव सुविधा लिएर जनताको काम गर्न ढिलाई गर्ने पर्वतका एक सय २९ जना कर्मचारीलाई प्रशासनले कारवाही गर्ने भएको छ ।  कार्यलय समयमा उपस्थिती नभएर घरयासीकाममा व्यस्त हुने कर्मचारीलाई कार्वाही गर्न थालिएको हो । वैशाख १२ गते भएको प्रशासनको छडके अनुगममा कार्यलयमा नभेटिएका कर्मचारीलाई विभागीय कारवाहीको थालनी भएको  प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कार्यालय समयमा उपस्थिती नभएर जनताको सेवा  गर्न नसक्ने कर्मचारीलाई विभागीय कारवाही गरीने  बताए । ढकालले भन्नु भयो सबै कर्मचारीको स्पष्टिकरण लिने काम भईरहेको छ । जवाफ सान्दर्भिक नआएमा  विभागमा पत्र पठाएर कार्वाही गरीन्छ ।  कर्मचारीले सर्वसाधरणलाई सरकारको अनुभुती दिलाउनु पर्छ  ।

प्रशासनको छडके अनुगमनमा  जिल्लाका २२ जना अधिकृत र १ सय ७ जना सहायक स्तरका कर्मचारीहरु रहेका छन ।  ठुलो सँख्यामा अधिकृत स्तरका कर्मचारीहरुको अनुपस्थिती  रहेको जनाउँदै प्रशासनले कार्वाही अगाडी बढाएको हो ।  अनुगमनका क्रममा  विना जानकारी कार्यलय भन्दा बाहीर रहेका कर्मचारीको हाजीर पुस्तीका  नियन्त्रणमा लिएको हो ।  प्रशासनले  कार्यलय समयमा  विभिन्न बहाना देखाएर  सर्वसाधरणको सेवमा समस्या सृज्याएको भन्दै सबै कर्मचारीको स्पस्टीकरण लिने   तयारी भइरहेको बताएको छ ।

  कर्मचारीको स्पष्टिकरण चित्त नबुझेमा विभागमा पत्र काटेर कावाही गरीने ढकालले  जानकारी दिनुभयो  ।स्पष्टिकरण लिनेहरुमा   जिल्ला वन कार्यलयका एक अधिकृत र ४ जना सहायक रहेका छन  भने   खानेपानी तथा सरसफई डिभिजनकार्यलयका  एक अधिकृत र पाँच जना सहायक कर्मचारी रहेका हुन ।  त्यस्तै गरी  जिल्ला स्वाथ्यमा दुई जना अधिकृत पाँच जना सहयाक र जिल्ला कृषि कार्यलयमा एक अधिकृत र पाँच सहायक  ,महीला तथा वालवालिका कार्यलयका दुई जना सहायक कर्मचारी रहेका हुन ।

स्पष्टिकरण लिनेमा   सीप विकास कार्यलयका  तीन कर्मचारी  जिल्ला हुलाक कार्यलयका  ६ जना कर्मचारी जिल्ला शिक्षा कार्यलयका ४ अधिकृत र ४ सहायक कर्मचारी रहेका हुन ।  , पश्चिमाञ्चल सिँचाई डिभिजनका दुई अधिकृत दुइ सहायक कर्मचारी ,मालपोत कार्यलयका चार जना सहायक ,नापि शाखाका एक अधिकृत ७ सहायक ,कुश्मा नगरपालिकाका तीन जना सहायक , घरेलु विकास समीतीका दूई अधिकृत  जिल्ला भुंरक्षण कार्यलयका  एक अधिकृत दुई सहायक ,नेपाल विद्युत प्रधिकरण शाखाका एक अधिकृत १६ जना  सहायक कर्मचारी रहेका छन । त्यस्तै गरी पशु सेवा कार्यलयका  दुई सहायक र  जिल्ला विकास समीतीका दुई अधिकृत र ९ जना सहायक स्तरका कर्मचारीहरुको पनि स्पष्टिकरणको तयारी भएको छ ।

प्रशासनले कार्यलय समयमा अनुपस्थित भएर  जिम्मेवार नसमाल्ने  कर्मचारीले  विभागीय कार्वाही गरीने बताएको हो । अधिकृत स्तरका कर्मचारीले कार्यलय  नै छाडेर सेवा नदिँदा सर्वसाधरण हैरानी व्यहोर्दै आउनु परेको छ । विगतका वर्षमा कर्मचारीको छड्के अनुगम हुँदै आएको भएपनि  गत वर्षको  भने यो पहीलो छडके अनुगमन हो । जिल्लाका  धेरै  अधिकृत स्तरका कर्मचारीको लापरबाही भेटिएको पनि पहीलो घटना हो । पछिल्लो समय प्रशासनले देखाएको उदाशिन्ताका कारण  अधिकृत स्तरका कर्मचारीको  लापरबाही बढदो मात्रमा रहेको छ । जसका कारण सर्वसाधरणले  समयमा सेवा नपाएर सरकारको अनुभुती गर्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन