२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

२०७५, २ असार शनिबार १६:२०

रेशमराज रोकाया | असार २, हुम्ला | जिल्लामा एयरएम्बुलेन्सद्धारा सुत्केरी महिलाहरुको उद्धार गरिएको छ । शुक्रवार राती १० बजे सुत्केरी व्यथाले लागेर सुुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका ३ मेखाला गाउँकी २४ वर्षीय कल्पना रोकायाको हेलिकप्टरबाट उद्धार गरिएको हो । नजिक रहेको सुविधाजनक बर्थिङ्ग सेन्टर नभएको र स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पतालमा उद्धार गर्नु परेको हो ।

सुत्केरीमा समस्या देखिए पछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रञ्जित कुमार यादवको पहलमा सुत्केरी महिलाको उद्धार भएको सुत्केरीका श्रीमान कल बहादुर रोकायाले जानकारी दिएका छन । हेलिकप्टरबाट उद्धार गरिएकी कल्पना रोकाया जिल्ला अस्पताल हुम्ला सामान्य रुपमा सुत्केरी भई सकेको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जित कुमार यादवले जानकारी दिएका छन ।

हुम्लामा सुत्केरीको समस्या र महिलाको कठिनाईको बारेमा सुरुमा जानकारी नगराएर अन्तिममा मात्र सूचना गर्ने परिपाटीले महिलाको स्वास्थ्यमा समस्या आउने गरेको डाक्टर यादवले बताए । गाउँमा सुत्केरी गराउने प्रयास गर्दा पनि सुत्केरी हुन नसेको कल्पनाका श्रीमान कल बहादुर रोकायाको छ । 


यस अघि हुम्लामा सुत्केरी हुन नसकेका कर्णालीका महिलालाई हवाई एम्बुलेन्स सुविधा पाईन्छ भन्ने थाहा नभएको भएता पनि कारोबार दैनिक र अन्य सञ्चारका माध्यमले यसलाई जोडदार रुपमा उठाउँदा हाल हुम्लाका ग्रामिण वस्तीमा सूचना प्रवाह हुँदा बेलैमा सुत्केरी महिलाको उद्धार हुने गरेको छ । हुम्लाका ७ वटा स्थानिय तहमा हाल यस्ता जटिल खालका सुत्केरी महिलाको लागि प्रशुती गराउन सकिने स्वास्थ्य चौकी नहुँदा महिलालाई समस्या हुने गरेको छ । 

सिमिकोटमा हाल उद्योग वाणिज्य संघको अगुवाईमा हावाई भाडामा महँगी भएको भन्दै विरोध स्वरुप २ दिन यता विमानस्थल बन्द हुँदा विमानस्थलमा १२ वटा हेलिकोप्टर चल्न सकेका छैनन भने विरामी र अन्य अति आवश्यक काम परेका कर्मचारी, स्थानियलाई जिल्ला बाहिर जानको लागि समेत समस्या भएको छ । बन्दा हुँदा पनि हवाई एम्बुलेन्सलाई भने निर्वाध सञ्चालन गर्न दिईएको छ । तर जिल्ला भन्दा बाहिर कठिन अवस्थामा भएका विरामीको लागि भने हेलिकोप्टर चाटर्ड गर्न आर्थिक हिसाबले नसकिने र नियमित हवाई उडान नहुँदा हवाईजहाज यात्रा गर्न नपाउँदा हाल समस्या भएको विरामीले बताउने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै