४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शहिद परिवार समाज पर्वतको अध्यक्षमा शर्मा

२० बैशाख २०७३, सोमबार ०५:१६

जनक्रान्तिका महान शहिद परिवार समाज नेपाल पर्वत जिल्ला कार्यसमितिको अध्यक्षमा मनरुपा शर्मा विमला सर्वसम्मत चयन हुनुभएको छ । जनक्रान्तिका महान शहिद परिवार समाज नेपाल, राज्यद्धारा वेपत्ता योद्धा तथा परिवार समाज नेपाल पर्वतको भेला तथा संयुक्त प्रशिक्षणका अवसरमा सहभागि भेलाले शर्माको अध्यक्षतामा ११ कमिटि कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा टेक प्रसाद तिवारी, सचिव ज्ञानेन्द्र चापागाँई, सहसचिव सुमित्रा केसी, कोषाध्यक्ष ठाकुर प्रशाद शर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी गिरी, केशव आचार्य, पार्वती अधिकारी, विष्णु गौतमलाई चयन गरेको छ भने २ सदस्य पछि थप गरिने कमिटिले जनाएको छ । उक्त भेला तथा प्रशिक्षणलाई एमाओवादीका केन्द्रीबय सदस्य राजकाजी गुरुङले सम्वोधन गर्नुभएको थियो । उहाँले शहिदहरुकोे बलिादानीबाट अझ क्रान्तीकारी भएर अगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

शहिद परिवार, वेवत्ता, घाईतेलाई राज्यबाट न्याय दिलाउन पार्टी अग्रसर हुने उहाँको भनाई थियो । त्यसैगरी कार्यक्रममा जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रिय सदस्य एलपि बन्जारा, एमाओवादी जिल्ला अध्यक्ष कृष्ण पराजुली लगायतले वोल्नुभएको थियो । जनक्रान्तिका महान शहिद परिवजार समाजका अध्यक्ष मनरुपा शर्माको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा स्वागत केशव आचार्यले र संचालन ज्ञानेन्द्र चापागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता