२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पहिरोले बागलुङको एक विद्यालयमा क्षति,चार वटा कक्षा कोठा पुरियो

३ असार २०७५, आईतवार ०८:०९

असार ३, बागलुङ | गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । 

चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्णरुपमा क्षति पुगेको प्रधानाध्यापक शंकर थापाले बताउनुभयो । 

पहिरोका कारण करीब रु ५० लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरी कक्षा कोठा नै पुरिएपछि विद्यालयले दुई दिनका लागि विद्यार्थीलाई बिदा दिएको छ । “प्रहरी मुचुल्का र क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम भएको छ”, प्रअ थापाले भन्नुभयो, “विद्यालयलाई ठूलो क्षति पुगेपनि पठनपाठनका लागि वैकल्पिक व्यवस्था गरिने छ । ” 

क्षति पुगेका कक्षा कोठामा कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको थियो । दुईकोठे ‘ट्रष्ट’ भवनमा रहेको स्रोत केन्द्रको कार्यालयमा पनि पूर्ण क्षति भएको छ । शनिबार दिनभरको वर्षापछि राति साढे १० बजे आएको पहिरोले विद्यालय पुरेको सोही विद्यालयका शिक्षक नवीनप्रताप जिसीले बताउनुभयो । विद्यालयमाथिको पाखो धस्सिएर पहिरो खसेको उहाँको भनाइ थियो । 

पहिरोले विद्यालय भवनसँगै स्थानीय प्रेमबहादुर थापाको गोठमा पनि क्षति पु¥याएको छ । पहिरोबाटै पशुचौपायाको जीवितै उद्धार गरिएको थियो । वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुर्याएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीका भीमबहादुर श्रीसको परिवार पहिरोका कारण विस्थापित हुने अवस्थामा छ । वर्षाले कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै