२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा बाढी गएको पाँच वर्ष पूरा, राज्यको ध्यान अझै पुगेन

२०७५, ३ असार आईतवार ०९:४०

लोकेन्द्र प्रशाद जोशी/जेठ ३, दार्चुला । दार्चुलामा महाकाली बाढिले वितण्डा मच्याएको पाँच वर्ष पूरा भएको छ । दार्चुलाको लागि कालो दिनको रुपमा रहेको यो दिनलाई अहिले पनि स्थानीयले कालो दिनको रुपमा सम्झीरहेका छन । ०७० असार २ गतेबाट आएको महाकाली बाढिले दार्चुला जिल्ला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन भएको छ । पाँच वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । 


कहालिलाग्दो महाकाली बाढीले दार्चुलाका झण्डै डेढ सय घर परिवार तथा दर्जन बढि सरकारी कार्यालय बगाउँदा करोडौको धनमाल क्षति भएको थियो । जिल्ला बिपद् ब्यबस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार २ सय ७८ रुपैया बराबरको क्षती भएको थियो । सो बाढिमा परि २ जनाको ज्यान गएको थियो भने दर्जनौ परिवार बिस्तापित भएका छन् । 


पीडितहरुले तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपैयाँ राहत बाहेक केहि सुविधा नपाएको गुनासो गरीरहेका छन् । बाढिका कारण सडकमा आएका सयौ परिवारमध्ये केहिले ब्यबसाय गरेर जीबिकोपार्जन गरीरहेपनि धेरै अहिलेपनि समस्यामा रहेको बाढि पीडित केशवबहादुर पालको गुनासो छ । 

बाढि पीडितहरुले पुर्नस्थापनको माग राख्दै बाढी पीडित संघर्षसमिति गठन गरेर आवाज उठाएपनि हालसम्म सुनुवाई भएको छैन् । 

तत्कालिन नेपाल सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरुलाई बैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरेपनि कार्यान्वयन भएको छैन् । 


बंगाबगडको पारीपट्टी आएको खोतिला पहिरोको त्रासमा स्थानियलाइ रातीको समयमा निन्द्रा लाग्न छोडेको छ । तट्बन्ध पुर्ण रुपमा नबन्नु र भारतपट्टी डरलाग्दो पहिरो हुदा अझै बिपद्को उच्च जोखीममा आफुहरुको रहेको बंगाबगडबासीको दुखेको छ । 

महाकाली नदीमा बाढिपछि ५ बर्षमा निमार्ण सम्पन्न गर्नेगरी आर्थिक वर्ष ०७०।०७१ बाट शुरु भएको नदी नियन्त्रण आयोजनाले पाँच वर्षमा झण्डै ७५ प्रतिशत भौतिक प्रगति गरेको छ । हरेक वर्ष बजेट अभावका कारण भौतिक प्रगति सोचे अनुसार गर्न सकेको छैन् । कुल ३ अर्व ५ करोड ५७ लाख रुपैयाँ बजेट खर्च गरेर खलंगाको नमस्कारदेखि बंगाबगड लास्कुगाडसम्मको साढे चार किलोमिटर क्षेत्रमा १५ प्याकेजमा पक्की तडबन्ध निर्माण गर्ने लक्ष्यकासाथ काम भइरहेको छ । घरको तलपट्टी तटबन्ध निमार्ण सम्पन्न नहुदा बाढी, पहिरोको त्रासमा दिनरात बिताउँनुपरेको बंगाबगरबासी बताउँछन् ।

भारतिय पक्षले सहमति अनुसार खोतिला पहिरो नहटाएसम्म अझै खलंगा बिपद्को जोखीममा नपर्ला भन्न सकिन्न् । २०७० सालको घट्ना दोहोरीन नदिन समयमै कुटनितिक पहल गरेर भएपनि पहिरो हटाउँन सरोकारवालाहरुलाइ स्थानियको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु