२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको हल्देकालिकामा ठूलो–छेटुन खानेपानी आयोजना सञ्चालनमा

२०७५, ३ असार आईतवार १२:०४

असार ३ नुवाकोट | नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहयोगमा सूर्यगढी गाँउपालिका वडा नं. ४ हल्देकालिकामा निर्माण गरिएको ठूलो–छेटुन खानेपानी आयोजना सञ्चालनमा आएको छ । 

रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत १० लाख रुपैयाँ र लाभान्वित उपभोक्ताबाट ३ लाख ८८ हजार रुपैयाँ बराबरको श्रमदान मार्फत निर्माण गरिएको खानेपानी आयोजनाको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उद्भाटन गर्नुभएको हो । 

उहाँले रेडक्रस मार्फत जिल्लामा सञ्चालनमा रहेका कार्यक्रमहरु प्रभावकारी रहदै आएको सन्दर्भमा हल्देकालिकामा खानेपानी योजना सञ्चालनमा सहयोग पुर्याएर  स्थानीयबासीलाई स्वच्छ पानी उपलब्ध गराउन पुर्याएको सहयोगको प्रशंसा गर्नुभएको छ । 

यस्तै, वडा नं. ४ का वडाध्यक्ष रामकुमार गिरी, वडा नं. ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीले विकासको लागी योजना तथा कार्यक्रम सञ्चालन गर्न सरकारीस्तरबाट भइरहको प्रयासको साथै रेडक्रस लगायतको सस्थाँबाट नेतृत्व लिएर योजना सञ्चालनको काम नमूनायोग्य रहेको बताउनुभएको छ । रेडक्रसको सहयोग मार्फत उत्साहित भएका बासिन्दाले श्रमदान तथा विकास निर्माणमा देखाएको सक्रियताले पानीको अभाव समाधान र सामूहिक कार्यको भावना समेत जगाएको वडाध्यक्षहरुले बताएका छन् । 

ठूलो–छेटुन खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजन नेपालको अनुसार एक  किलोमिटर टाढाको दुरीमा रहेका दुई मुहान मार्फत ल्याएको पानीलाई ६ हजार लिटर क्षमताको ट्याङ्कीमा संकलन गरी वितरण गरिएको छ ।

२९ घरधुरीमा रहेका १९० जनसङ्ख्यालाई ९ वटा धारा मार्फत २४सै घण्टा खानेपानी सविधा उपलब्ध गराएको खानेपानी उपभोक्ता समितिका सचिव विष्णु न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस साविक क्षेत्र नं. २ का सचिव राम्जी पौडेलले खानेपानी व्यवस्थापनले सरसफाईमा सहयोग, टाढाको दुरीमा पानी लिन जानुपर्ने बाध्यताको अन्त्यले समय र श्रमको बचत, पानीको सहज पहुँचले घरको करेसाबारीमा तरकारी, फलफूल खेती लगाएर जिविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीका अनुसार नियमित कार्यक्रम सहित भूकम्पपछिको पुर्ननिर्माणको लागी ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ मार्फत आवास पुर्ननिर्माणमा अनुदान सहयोग, खानेपानी सरसफाई र स्वच्छता, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन, समन्वय र संलग्नता लगायतको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै