२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्मा स्थित कालिका मन्दिरमा ‘पार्क र भ्यू टावर’ निर्माण गरिने,पहिलो दिनमै २ लाख बढी रकम संकलन

२०७३, २० बैशाख सोमबार १०:०३

पहिलो दिनमै २ लाख बढी रकम संकलन रकम उठ्ने क्रम जारी

 13140577_1128210877242357_1441587667_nपर्वत, कुश्माबजारका स्थानीयबासीहरुको भेलाले कुश्माको माझ मुटु लोकतान्त्रिक चोक नजिक रहेको कुश्माकालिका मन्दिरलाई थप व्यवस्थित बनाउँदै पार्क तथा भ्यू टावर निर्माणका लागि तदर्थ समिति निर्माण गरेको छ ।

सोमबार विहान प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले प्रशासन र जिविसको सम्मुखमा रहेको उक्त कुश्मा कालिका मन्दिरलाई थप व्यवस्थित बनाउँदै मन्दिर वरपर सुसज्जित पार्क निर्माण गर्ने र सो ठाउँबाटै सम्पूर्ण कुश्माबजार, उर्जा नदी, पवित्र कृष्ण गण्डकी, नेपालकै अग्ला झोलुंगे पुल, केवलकार मोडेलको यान्त्रिक पुल र निर्धाण चरणमा रहेको बञ्जीजम्प समेत हेर्न मिल्ने गरी भ्यूटावर खडा गर्ने उद्देश्यका साथ समिति गठन गरेको हो ।

भेलाले समाजसेवी लक्ष्मीकान्त आचार्यको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिनेश अधिकरी, सचिवमा राजु पौडेल, कोषाध्यक्षमा कमल पोख्रेल र सहसचिवमा उमादेवी कुमाल रहनु भएको छ भने सदस्यहरुमा क्रमशः वसन्तकुमार जोशी, मानकुमारी गिरी, निर्मल वि।क। चेतनारायण शर्मा ९गोविन्द०, किशोर भण्डारी, पुरुषोत्तम आचार्य, देव शर्मा, धु्रव सुवेदी रहेका छन् ।

त्यसैगरी भेलाले प्रमुख जिल्ला अधिकारी ढकाल संरक्षक रहने गरी एक सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा सांसद त्रय अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागाई, स्थानीय विकास अधिकारी, कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, भोलानाथ शर्मा, होमनारायण श्रेष्ठ रहेका छन् ।

सोही भेलाले मन्दिर तथा पार्क व्यवस्थापन एवं भ्यू टावर निर्माणका लागि सरोकारवाला सबै निकायमा पहल गर्ने निर्णय गर्दै प्रारम्भमा स्वतस्फूर्तरुपमा दुईलाख बढी रकम समेत सहयोग संकलन भएको जनाएको छ ।

जसमा प्रजिअ ढकाल १० हजार, भोलानाथ शर्मा १० हजार, देव शर्मा २१ हजार, वसन्तकुमार जोशी २१ हजार, हरि बहादुर सुवेदी १६ हजार, लक्ष्मीकान्त आचार्य २५ हजार, चेतनारायण शर्मा ९गोविन्द० १० हजार, निर्मल विश्वकर्मा १५ हजार, कमल पोख्रेल ५ हजार १ सय, दिनेश अधिकारी ११ हजार, होमनारायण श्रेष्ठ १५ हजार, पुरुषोत्तम आचार्य ५ हजार १ सय, राजु पौडेल ५ हजार १ सय, किशोर भण्डारी ५ हजार १ सय, मधुसुधन उपाध्याय १२ हजार, आलोक श्रेष्ठ ५ हजार १ सय, हरिओम शर्मा लामिछाने ११ हजार १ सय ११, हरिनारायण रेग्मी ३ हजार र धु्रव सुवेदी ५ हजार १ सय रुपैंया प्राप्त भएको छ भने अन्य समाजसेवी तथा धार्मिक व्यक्तित्वबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको सचिव राजु पौडेललले जानकारी दिए ।

कुश्माकालिका मन्दिर तथा पार्क व्यवस्थापनका साथै भ्यू टावर निर्माण पछि धौलागिरि प्रवेश गर्ने सबै पर्यटकलाई कुश्माबजारमा र कुश्मा कालिका तथा भ्यूटावरमा अनिवार्य आउने वातावरण निर्माण गरिँदै लगिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन