२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बु: वडाध्यक्षलाई हातपात गर्नेविरुद्ध मुद्दा

२०७५, ५ असार मंगलवार ०८:०३

असार ५ , सल्लेरी | वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । 

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबारनै पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । 

सेवाग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडाध्यक्ष राईलाई लेखापढी व्यवसायीसमेत रहेकी महिलाले बिनाकारण एक्कासि हातपात गरेको वडाध्यक्ष राईको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो ।” 

जग्गा नामसारीका लागि सहयोग गरिरहनुभएकी लेखापढी व्यवसायी निरकुमारीले अब सच्याउँदा आफूले काम गर्न नभ्याउने प्रतिक्रिया दिनुभयो । 

प्रत्यक्षदर्शी लालबहादुर बस्नेतले भन्नुभयो, “वडाध्यक्षज्यूले त समय मिलाएर काम गरिदिनु भन्दै हुनुहुन्थ्यो, एक्कासि आक्रमण भयोे ।” बस्नेतले भन्नुभयो, “प्रकृति हेर्दा नियतवश जनप्रतिनिधिमाथि बिनाकारण आक्रमण भएको बुझिन्छ ।” “हामी वडाध्यक्षसँगै काठमाडौँबाट सोलुखुम्बु आएका हौँ, बाटोमा आउँदै गर्दा पटकपटक फोन आयो,” बस्नेतले भन्नुभयो, “उनको प्रस्तुति नियतवश जस्तै लाग्यो ।” 

यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधिमाथि सार्वजनिक स्थानमा भएको आक्रमणमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सेवाग्राहीले केही प्रतिक्रिया नदिई लेखापढी व्यवसायीले जनप्रतिनिधिमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रतिनिधिको लागि चुनौतीको विषय बनेको बताउनुभयो । 

यता निरकुमारी राईले भने आफूलाई गाली बेइज्जती गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा