२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगो निभ्यो, पीडित मृत्यूसग लड्दै आर्थिक अभावमा उपचारमा समस्या

२०७३, २० बैशाख सोमबार १३:२८

13092022_10208131242296214_7687998427069835367_n-577x433पर्वत वैशाख २० गते ।  वनमा लागेको आगोले घर वरिपरिको जंगल र बन्यजन्तु जलेको देखेर आगो निभाउन गएका यहाँका एक युवा आँफै मृत्यूको मुखमा पुगेकाछन् । ३ दिनदेखि लागेको आगो स्थानीयवासी र प्रहरीको प्रयासमा नियन्त्रणमा त आयो तर, आगो निभाउन गएका घाईते भने अस्पतामा मृत्यू शैयामा छट्पटाई रहेकाछन् ।

पञ्चासे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न जाँदा घाईते बनेका आर्थर डाँडाखर्क(६ घर भई राम्जा देउराली(४ बस्दै आएका रबिन गुरुङ अस्पतालले तोकेको रकम बुझाउन नसक्दा जीवन मृत्यूको दोसाँधमा परेकाछन् । बुधबार दिउँसो आगो निभाउने     क्रममा गुरुङलाई भिरबाट खसेको ढुंगा लागेर गम्भिर घाईते भएका      थिए ।

पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत गुरुङ अस्पतालमा उपचार गर्दा लाग्ने ३ लाख रुपीयाँ बुझाउन नसक्दा जीवन मृत्यूको दोसाँधमा पुगेका हुन् । अस्पतालले उपचारको लागि ३ लाख भन्दा बढि लाग्छ भनेको छ आमा जालु गुरुङले भनिन् आँफूसँग एक रुपीयाँ छैन कसरी उपचार गर्ने ? आर्थर घर भई राम्जा देउरालीमा अरुको घरको काम गर्दै जीवन यापन गर्दै आएका गुरुङको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुग छ ।

हामीसँग उपचार गर्ने रकम छैन घाईतेकी आमा गुरुङले भनिन् कसैको सहयोग पाएमा छोराको प्राण बचाउन सकिन्थ्यो । उनको उपचारका लागि अहिले तत्कालै टाउकोको अपरेशनका लागि ३ लाख भन्दा बढि लाग्ने र नियमित रुपमा ६ महिनासम्म उपचार गरिरहनुपर्ने डाक्टरहरुको भनाई         छ ।
स्थानीय समुदाय र प्रहरीका साथमा आगो निभाउन गएका उनी आगो निभाईरहेको अवस्थामा भिरमा लागेको आगोले तातेर पहराबाट ढुंगो खसेको स्थानीयवासीहरु बताउँछन् । उपचारका लागि पोखरा स्थित गण्डकी अस्पतालमा पठाएको भएपनि आईसियुमा राख्नुपर्ने भएकाले मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको      थियो ।

आगो नियन्त्रणका लागि जिल्लाका सबै निकायहरुले सक्रियता देखाएको भएपनि घाईते बनेका उनको उपचारमा भने कसैले चासो देखाएको पाईँदैन ।स्थानीय गाविसदेखि जिल्ला स्थित कार्यालयहरुमा विभिन्न खालका कोषहरुको स्थापना गरिएको भएपनि उपचारबाट बञ्चित बन्नुपर्ने अवस्थामा रहेका उनलाई सहयोग गर्ने कसैले तत्परता देखाएका छैनन् ।

उता प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवि प्रकोप उद्धार समितिले सहयोग गर्न सक्ने भएकाले त्यसका लागि आँफूले प्रयास        गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी झंक ढकालले  जानकारी दिनुभयो ।     उहाँका अनुसार प्रकोप पीडित उद्धार तथा राहत सम्बन्धी मागपदण्ड २०६४ ले विपदमा परेर घाईते भएकालाई  सरकारले अस्पतलमा उपचार गर्दा लागेको रकम र वाटो खर्च वापत लागेको खर्च व्योहोर्ने व्यवस्था भएकाले सहयोग गर्न सकिने ढकालले बताउनुभयो ।

त्यसका लागि आँफूले पहल गरिरहेको जानकारी दिनुभयो । ढकालले सरकारी अस्पतालमा उपचारका लागि सरकारी व्यवस्था भएपनि नीजि अस्पतालमा भएकाले केही समस्या भएपनि त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्ने जानकारी दिनुभयो ।
उनको उपचारमा कुनै कसर बाँकी राख्न हुँदैन उहाँले भन्नुभयो(हामी सबै निकायसँग समन्वय गरेर काम गर्ने तयारी गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी