२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा चेतना अभिवृद्धि गर्न टोल÷टोलमा प्रहरी

२०७५, ६ असार बुधबार ०७:००

असार ६, अर्घाखाँची | अर्घाखाँचीमा विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । 

धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको  आयोजनामा टोल टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो । सन्धिखर्कका विभिन्न स्थानमा चेतनामूलक पर्चा वितरण गरिएको छ । सन्धिखर्कको शान्तिवगैंचा, वसपार्क, भक्तिटोल लगायतका मुख्य मुख्य ठाउँमा जनचेतना मुलक पर्जा वितरण गरिएको छ । 


तस्बिर:- चेतना मूलक पर्चा बाड्दै प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी 

कार्यक्रममा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र सर्वसाधरणको उपस्थिति थियो । सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानले अभियाननलाई जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरिने बताए । ‘समाजमा हुने गरेका गलत कामको अन्त्य गर्ने अभियानको उद्देश्य हो’ उनले भने, ‘अभियान सञ्चालन गरेपछि जिल्लाका जल्दाबल्दा समस्या न्यूनिकरण हुनेमा आशावादी छौं ।’ उनले विभिन्न विद्यालयमा समेत चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । 

जिल्लामा आत्महत्या, बालविवाह, जवरजस्ती करणी, सम्वन्धविच्छेदका घटना बढि मात्रामा घट्न गरेका छन् । यि बाहेक हत्याहिंसा, कुटपिट झैझगडा, महिला हिंसा, पुरुषहिंसा लागूऔषध दुव्र्यसनी, चोरी, डकैतीका घटनाहरु पनि बेलाबेलामा घट्ने गर्छन । 

प्रहरीको यो अभियानले  समाजमा शान्ति सुव्यवस्था कायम राख्नमा मद्दत मिल्ने आशा पलाएको छ । ‘चेतनाको अभावमा पनि ठूला÷ठूला घटनाहरु घट्ने गरेका छन्' चौहानले भने, ‘मानिसमा नैतिक शिक्षाको अभाव देखिन्छ ।’ प्रहरी निरिक्षक खिमबहादुर घर्तीले प्रहरीको यो अभियानले अपेक्षित परिणाम निकाल्ने बताए । ‘समुदायको सहयोग बिना प्रहरी सफल हुन सक्दैन’ उनले भने,  ‘समुदायसँग मिलेर काम गर्नाका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणा ल्याइएको हो ।’ उनले सबै व्यक्ति अनुशासनमा बसे समाजमा कुनै पनि खाले उश्रृङखल घटना नघट्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला