३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्लबले गर्यो जेष्ठ नागरिकलाई सम्मान

२२ बैशाख २०७३, बुधबार ०३:०९

पर्वत समाजका जेष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक क्षेत्रमा अग्रणी मानिएको पर्वत मिलन क्लवले आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाली समाज विस्तारै पूँजीवादी चरणमा रुपान्तरण हुँदै जाँदा वृद्धवृद्धा परिवारबाट एक्लिदै गएको अवस्थामा क्लवले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर उदाहरणीय कार्य गरेको छ ।

क्लवले आफ्नो २७ औं वार्षिकोत्सव मनाउने शिलशिलामा मंगलवार अन्य सामाजिक गतिविधि सहित जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको थियो । यसरी सम्मानित हुने जेष्ठ नागरिकहरुमा कुनपा १० बस्ने वर्ष ९८ की कृष्ण कुमारी गिरी र कुनपा ९ की लक्ष्मी कुमारी श्रेष्ठ वर्ष १११ रहेका छन् ।

जेष्ठ नागरिकहरुको सम्मानमा क्लवले उनीहरुकै घरमा पुगेर कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरेको थियो । सम्मानित भएका जेष्ठ नागरिकहरु हर्षित मात्र भएनन् । उनीहरुले क्लवको सदस्यहरुलाई तिमीहरुको उन्नती र प्रगति होस् भनी आर्शीवाद समेत दिए । क्लवले आयोजना गरेको फरक फरक कार्यक्रममा प्रमुख अतिथि उवासंघ पर्वतका अध्यक्ष हरि ओमशर्मा लामिछाने र खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङ रहेका थिए ।

कार्यक्रममा बोल्दै उवासंघ अध्यक्ष हरिओम शर्मा लामिछानेले जेष्ठ नागरिकको सम्मानले हामी सवैको सम्मान हुने बताए भने उनले क्लवले पुराएको सामाजिक योगदानको खुलेर प्रशंसा समेत गरे । कार्यक्रमकै अध्यक्ष प्रेम गुरुङले क्लवको निस्वार्थ सामाजिक सेवाबाट आफू प्रभावित भएको उल्लेख गरे । उनले क्लवले आफ्नो कर्मलाई निरन्तरता दिनुपर्ने भनाई समेत राखे । सम्मानित जेष्ठ नागरिकको परिवारका सदस्य राम गिरीले क्लवको सम्मान कार्यले आफूलाई खुशी मिलेको बताए । उनले समाजमा कतिपय छोराछोरीले आफ्नै बाबुआमाले पाएको वृद्धभत्ता समेत आफ्नो गोजीमा राख्ने र हेला गर्ने अवस्था रहेकोमा क्लवले गरेको सम्मान कार्यक्रमले राम्रो सन्देश पुराउने भनाई राखे ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष, सदस्यहरु सहित कार्यसमिति सदस्यहरुको सहभागीता थियो । क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न दुवै कार्यक्रमको संचालन सचिव विनोद विक्रम पोखेलले गरेका थिए भने एक कार्यक्रममा स्वागत मन्तव्य सदस्य यज्ञप्रसाद शर्मा र दोस्रो सम्मान कार्यक्रममा स्वागत टंक लामिछानेले गरेका थिए । क्लवले वार्षिकोत्सवको अवसरमा साँझ दीप प्रज्जवलन समेत गरेको सचिव विनोद विक्रम पोख्रेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध