"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आफ्ना पिडा लुकाएर अरुका पिडा बोल्दै दोलखाका महिला पत्रकारहरु

२०७५, ६ असार बुधबार १६:१०

ताराबहादुर महत । असार ६, दोलखा । आफूहरुले भोग्नु परेका समस्या तथा हिंसाका घटनाहरु बाहिर ल्याउन कसैले सहयोग नगरेको दोलखाका महिला पत्रकारहरुले गुनासो गरेका छन् ।


बुधबार चरिकोटमा सम्पन्न संचार माध्यमबाट हुने प्रशारण तथा प्रकाशनमा लैङ्गिक संवेदनशीलता विषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘हामीहरुले धेरै हिंसा पिडित महिलाहरुका विषयमा आवाज उठायौँ, तर महिला पत्रकारहरु नै आफूले भोगेका समस्या र हिंसालाई दबाएर राख्न बाध्य भएका छन’, पत्रकार महासंघ दोलखाकी सचिव निर्मला शिवाकोटीले भन्नुभयो । महिला पत्रकारहरुलाई पर्याप्त कानुनी ज्ञान नहुँदा महिला हिंसाका कतिपय विषय उठान गर्न समेत नसकिएको सचिव शिवाकोटीको भनाई छ ।

संख्यात्मक रुपमा महिला हिंसाका पिडितले उजुरी दर्ता गराउने क्रम बढेको पाईए पनि सुनुवाईका लागि लामो समय लाग्ने र न्यायोचित फैसला समेत नहुने गरेको अर्की महिला पत्रकार उषा तामाङको भनाई छ । 

नेपाल पत्रकार महासंघ दोलखाको समन्वयमा राष्ट्रिय महिला आयोगद्वारा आयोजित कार्यक्रममा आयोगकी मुद्धा शाखा प्रमुख विमला खड्काले संचार माध्यममा उठेका लैङ्गिक संवेदनशीलताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै खड्काले विद्युतिय अपराधका माध्यमबाट लैङ्गिक हिंसा बढ्दै गएको भएपनि प्रष्ट कानुनको अभावमा न्याय दिलाउन नसकिएको बताउनुभयो । महिला हिंसा सम्बन्धि कुनै जानकारी वा गुनासो भएमा राष्ट्रिय महिला आयोगको हट लाईन नम्बर ११४५ मा हरेक दिन २४ सै घण्टा फोन गरेर जानकारी दिन सकिने खड्काको भनाई छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय संचार माध्यममा कार्यरत दर्जनौं पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै