२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकताले मनायो आमाहरुलाई सामुहिक मुख हेरेर आमाऔशी

२०७३, २४ बैशाख शुक्रबार १०:४१

पर्वत(सास) वैशाख २४ गते ।  नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन शुक्रबार आमाको       मुख हेर्ने दिनका रुपमा मनाइएको छ  । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । यसै अबसरमा जिल्लामा रहेको एकता युवा क्लबले कुश्मा बजारमा रहेका आमाहरुलाई एकै ठाउँमा भेला गरी आमाको मुख हेरेर आमा औशी मनाएको छ । बजारको एकता चोकमा विहान आमाहरुलाई जम्मा पारी क्लबले आमाहरुको मुख सामुहिक रुपमा हेरेको हो ।

आमा नेपालकी राष्ट्रिय कोषाध्यक्ष सूलोचना सिग्देलको आथित्यमा भएको उक्त कार्यक्रममा बोल्दै सुलोचनाले क्लवले आमाहरुको सम्मान गर्दैे संस्कृति बचाउने कार्य गरेको भन्दै खुसि प्रकट गरीन् । पछिल्लो समयमा आमालाई बृद्ध आश्रम र गुठीमा छोड्ने छोराहरुलाई यसले ठूलो चोट पुग्ने बताइएन । क्लबले आमाहरुलाई एकै ठाउँमा जम्मापारी गरेको सामुहिक मुख हेर्ने आशिर्बाद लिने दिने कार्यक्रम गरेकोमा हर्षित भएको बताइन् ।

कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चन्डिका पौडेलले क्लबका यस्ता सकारात्मक काममा आफ्नो संधै सहयोग रहने बताए । उक्त अबसरमा क्लबका संस्थापक अध्यक्ष बिक्रम के.सी., पूर्ब अध्यक्ष सूर्य के.सी., संस्थापक सल्लाहकार कमलनाथ पोख्रेल ,गुप्तेश्वर महिला जागरण आमा समुहका अध्यक्ष पूर्ण कुमारी खत्री, सत्संग भजन समुहका अध्यक्ष डन्डपाणि आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

  क्लवका अध्यक्ष अच्युत तिवारीको अद्यक्षतामा सम्पन्न कार्यकरमको संयोजक सदस्य अर्जुन राज पूरीले गरेका थिए भने कार्यक्रमको संचालन  क्लबका सचिब गोकुल चापागाईले गरेका थिए । क्लबले गरेको उदाहरणीय कार्य र उनीहरुको कार्यमा सहयोग होस भने केहिले आर्थिक सहयोग समेत गरेका थिए । जसमा सूलोचना सिग्देलले २ हजार, छविलाल केसी एक हजारm हरिनारायण रेम्मी १ हजार, विनोद सुवेदी त्त हजार र शान्तिनारायण श्रेष्ठले ५ सय २० रुपैयाँ समेत सहयोग रकम प्रदान गरेको क्लबले जनाएको छ ।

13139292_1019351701490735_8629640482964406879_n

माततिर्थ औशीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएका छ । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि यो दिनलाई पुण्यतम पर्व मानिन्छ । मातातिर्थ औशीका दिनमा काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ भने बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् । आमा हुनेहरुले यो दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरुलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन