ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्"/>
२०८२, २४ चैत्र मंगलवार
दोलखा - DLKH

मानसिक रोगको नि ःशुल्क उपचार

२०७५, ९ असार शनिबार ०९:५१

ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्रामा तर्सने लगायत केहि अस्वभाविक व्यवहारहरु देखाउने समस्या भएपछि परिवारले उनलाई प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) चरिकोट ल्यायो । अहिलेसम्म उनको त्यहिँ उपचार भईरहेको अस्पताल श्रोतले जनाएको छ । 

रीता त प्रतिनिधि पात्र मात्र हुन् । दैनिक रुपमा विभिन्न कारणले मानसिक समस्या देखिएका ३ देखि ५ जनासम्म विरामी यस अस्पतालमा आउने गरेको मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । अस्पतालले मानसिक स्वास्थ्य सेवा शुरुवात आठ महिनाको अवधिमा पाँच सय जना भन्दा बढी बिरामीले सेवा लिएको डाक्टर दंगालको भनाई छ । २०७४ को भाद्र महिनाबाट सेवा शुरु भएको जनाईएको छ । अस्पतालमा डाक्टरद्वय विनोद दंगाल र तुलाकृष्ण गुप्ताले मानसिक स्वास्थ्य सम्बन्धि सेवा दिँदै आउनुभएको छ । त्यसैगरी मनोविमर्शकर्ताहरु सुनिता जिरेल र प्रमिला सेढाँईले मानसिक रोगका विरामीहरुलाई परामर्श गराउने गर्नुभएको छ । 

मेडिकल डाईरेक्टर दंगालका अनुसार समय समयमा मानसिक रोग विज्ञ डाक्टर मधुर बस्नेतले अस्पतालमा कार्यरत डाक्टर तथा मनोविमर्शकर्ताहरुलाई अभिमुखीकरण गराउनुको साथै विरामीहरुलाई समेत सेवा दिने गर्नुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्रसँगको साँझेदारीमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाद्वारा संचालित अस्पतालले अन्य सेवासँगै मानसिक स्वास्थ्य सेवा पनि निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको जनाईएको छ ।

मानसिक रोग विज्ञका अनुसार मानसिक रोगका लक्षणहरु ः

· निद्रा नपर्नु 

· छटपटी लाग्नु

· खानामा अरुची

· डर लाग्ने

· सास फेर्न गाह«ो हुनु

· आत्महत्याको सोचाई आउनु

· मुटु ढुकढुक गर्नु आदि ।

मानसिक रोग विज्ञका अनुसार मानसिक रोग लाग्ने कारणहरु यसप्रकार छन् ।

·  आर्थिक विपन्नता

·  विपदका घटनाको सामना

·  परिवारका सदस्यको मृत्यु

·  घरायसी झगडा

·   लागु पदार्थ÷मादक पदार्थ सेवन

·   वंशाणुगत गुण

केहि बर्षअघिदेखि प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट महिनाको एक दिन मानसिक रोग विज्ञले सेवा दिने गरेको भएपनि न्याय हेल्थ नेपालले मानसिक स्वास्थ्य सेवा शुरु गरेपछि दोहोरोपना भएको भन्दै केहि महिनाअघिबाट एक दिने विज्ञ सेवा बन्द भएको छ । मानसिक रोगका कुनै पनि लक्षण देखा परेमा प्रस्तावित चरिकोट अस्पतालमा आई निःशुल्क सेवा लिन मेडिकल डाईरेक्टर दंगालले सबैमा आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै