२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म चल्ने

२०७३, २५ बैशाख शनिबार ०४:४५

पर्वत, जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म पर्वतमा चल्लने भएको छ । धौलागिरीका पर्वत,  बाग्लुङ, म्याग्दी मुस्ताङ सहित देशभरका गरी ४५ जिल्लामा यो अभियान संचालन हुदैछ । १ बर्ष देखि १५ बर्षमुनिका जिल्लामा रहेका ५० हजार ८ सय बालबालिकालाई उक्त खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले खोप अभियानको बारेमा जानकारी दिएको हो ।

जिल्लामा दुइ चरणमा खोप अभियान संचालन हुने जिल्ला स्वास्थय कार्यालयका खोप सुपरभाइजर देबेन्द्र गुरुङले जानकारी दिए । पहिलो चरण अन्तरगत बैशाख २६ देखि जेठ ३ गतेसम्म ३१ गाविसमा संचालन हुनेछ । जसमा मल्लाज, लेकफाँट, दुर्लुङ, देउपुर, पकुवा, पिपलटारी, भंगरा, बाँसखर्क, पाङ, बाजुङ, देउराली, ठूलीपोखरीm शंकरपोखरी, मुडीकुवा, बनौ, क्याङ, चित्रे, धाइरिङ, खुर्कोट, तिलाहार, आर्थर, कार्कीनेटा, थापाठाना, कटुवाचौपारी, शालिजा, नाङलीवाङ, चुवा, राम्जा, खौलालाकुरी, भुकताङ्ले, शिवालयमा उक्त अभियान संचालन हुनेछ ।Vakcinacija

त्यसैगरी जेठ ७ देखि १५ सम्म लिमीठाना, लुंखु, भोर्ले, उरामपोखरा, पाङराङ। भोक्सिङ, सरौखोला, बहाँकीठाँटी, कुर्घा, बालाकोट, हुवास, शालिग्राम, देविस्थानमा हुनेछ । त्यसैगरी पाखापानी,, त्रिवेणी, रानीपानी, खानीगाउँ, फलामाखानी, टकलाक, बर्राचौर, ठानामौला, होश्राङ्दी, बेउलीबास र बाच्छामा संचालन हुनेछ । यो अभियानमा खोप दिने ३ सय, महिला स्वयमसेविका ५ सय र खोप सुपरभाइजर ६० जना गरी ८ सय भन्दा बढी कर्मचारी परिचालन हुनेछन् ।

जापानीज इन्सेफलाइटिस रोग लामख्ुट्टेमा भएको एक प्रकारको भाइरसको माध्यमबाट लाग्ने संक्रमण रोग हो । १५ बर्षमुनिका बालबालिकालाई लाग्ने यो रोगबाट बच्नको लागि जे.इ नामक खोप लगाउनुपर्दछ । पत्रकारसँग भएको उक्त अन्तरक्रिया कार्यक्रममा उक्त अस्पतालका मेडिकल अधिकृत सरोजचन्द्र दाहलले रोगको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन