३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगियो

२६ बैशाख २०७३, आईतवार ०४:१७

पर्वत, राष्ट्रिय पत्रकारीता दिवस जिल्ला मुल समारोह समिति पर्वतको आयोजनामा शनिवार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा रहेका क्रियाशिल पत्रकार र कर्मचारी मिलनकेन्द्र विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगिएको हो । पहिलो हाफमा १ गोल हान्दै अग्राता लिएको मिलनकेन्द्रलाई दोस्रो हाफ सकिन तीन मिनेट बाँकी रहदाँ पत्रकारले  एक गोल फर्काएपछि खेल बारबरीमा टु्गिएको हो ।

पहिलो हाफमा गोल खाएको पत्रकारको समुहलाई दोस्रो हाफमा निकै दबाब परेको थियो । गोल गर्ने धेरै अबसरलाई फुत्काएता पनि पत्रकारहरुले अन्तत दोस्रो हाफमा भने गोल गरेर खेललाई बारबरीमा टुंगाए ।  पत्रकारको तर्फबाट हेमन्त आचार्यले गोल गरेका थिए । पत्रकारको लगातारको गोलपोष्टमा पारेको दबाबलाई मिलनकेन्द्रका गोल रक्षक इन्सपेक्टर दिपक पातलीले विफल पार्दै आएका थिए तर अन्त्यमा उनी पत्रकारको लगतारको गोलपोष्टमा परेको दबाबलाई थेक्न भने सकेनन् ।

पहिलो हाफमा पत्रकार तर्फका गोल रक्षक राजु पौडेलले उत्कृष्ठ गोल बचाउ गर्दा गर्दै पनि पहिलो हाफको अन्त्यमा  हातबाट बल फुत्काए जसको फाइदा मिलनकेन्द्रले पायो । दोस्रो हाफमा पौडेले पनि उत्कृष्ठ बचाउ गरे । जसले गर्दा पनि खेल बारबरीमा टुङ्गीनको लागि सहज भयो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालपनि खेल मैदानमा उत्रिए पहिलो हाफमा खेलमैदानमा प्रवेश गरेका झंकनाथ खेलमैदानमा भने लामो समयसम्म टिक्न भने सकेनन् । २० मिनेटसम्म उत्कृष्ठ खेलेका प्रजिअ झंकनाथ त्यसपछि भने बाहिर निस्कीए । प्रथम राष्ट्रिय पत्रकार दिवसको अबसरपारी जिल्लामा तीन दिनसक्म विविध कार्यक्रमको आयोजना गरीएको थियो ।

पहिलो दिन बैशाख २३ गते सरसफाई कार्यक्रम, दोस्रो दिन प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम र तेस्रो दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरीएको थियो । प्रजिअ झंकनाथ ढकाललको अध्यक्षतामा गठन भएको राष्ट्रिय पत्रकारीता दिवस मुल समारोहमा आर्थिक सहयोग भने जिल्ला विकास समितिले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध