रासस अब नयाँ योजनाका साथ अगाडि बढ्छ: अध्यक्ष अधिकारी

Posted on: 26 Jun, 2018

असार १२, विराटनगर | राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताउनुभएको छ । 

विराटनगरस्थित राससको प्रदेश नं १को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले नयाँ योजनाअन्तर्गत आवश्यकताअनुरुप समाचारलगायत व्यवस्थापनको पक्षमा सुधार गरी राससलाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्न लागिएको बताउनुभयो । 


उहाँले नेपालको एकमात्र समाचार समितिको विश्वसनीयतालाई कायम राख्दै नयाँ दृष्टिकोणका साथ खोजमूलक समाचारतर्फ विशेष जोड दिन आग्रह दिर्नुभयो । 

अब पुरानो ढर्राको र सतही समाचारले काम नचल्ने, अल्छीपन स्वीकार्य नहुने विषयमा सचेत गराउँदै उहाँले भन्नुभयो, “समाचारमा शब्द चयनस्तरीय हुनुपर्ने, ताजापन ल्याउनुपर्ने र छिटोछिटो समाचार सम्प्रेषण गर्नुपर्छ ।” 

अध्यक्ष श्यामलले सो कार्यालयलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने र यसका लागि आवश्यक बजेट केन्द्रीय कार्यालयले निकासा गर्ने जानकारी दिनुभयो ।

स्थलगत निरीक्षण टोलीमा राससका सञ्चालक समितिका सदस्य दयाराम दाहाल, वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाललगायतको सहभागिता थियो ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!