३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

किन दिए कांग्रेसका मुख्यसचिव तिवारीले पदबाट राजीनामा ?

२६ बैशाख २०७३, आईतवार १४:५०

rishikes tiwariपर्वत वैशाख २६ गते । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् ।     दुई वर्षअघि कांग्रेस सभापति सुशील कोइरालाले   तिवारीलाई मुख्यसचिवमा नियुक्त गरेका थिए । तिवारीले शनिबार बिहान सभापति शेरबहादुर देउवा निवास पुगी राजीनामा बुझाएका हुन् । ‘दुई वर्षअघि २६ वैशाखमै सुशील कोइराला सभापति भएपछि नियुक्ति गर्नुभएको थियो । अब नयाँ सभापतिमा देउवाजी आएपछि उहाँलाई काम गर्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ,’ तिवारीले भने ।

देउवा सभापतिमा निर्वा्चित भएको १० दिनमै राजीनामा दिन खोजे पनि उनले तत्काल हतार नगर्न भनेको जानकारी उनले दिए । देउवाले दुई तीनदिनभित्रै नयाँ मुख्यसचिव नियुक्त गर्ने भएका  छन् ।  राजीनामा गरेका  तिवारीले ‘सामाजिक उद्यमशीलता’ भन्ने पुस्तक निकालेका छन् । उनले यस्तो पुस्तक पहिलोपटक नेपालमा लेखिएको दाबी गर्दै आएका छन् । तिवारीले आफ्नो कार्यकालमा कर्मचारीको तलब बढाउने, कार्यालयमा पुस्तकालयको व्यवस्था गर्ने, मुख्यसचिवका लागि स्कार्पियो गाडीको व्यवस्था गरेका थिए ।         उनले राजीनामात्र पत्र बुझाउँदै दुई वर्ष काम गर्न दिएकोमा धन्यवाद दिएका छन् । पर्वत जिल्ला घर भएका     तिवारीले अब सामाजिक काममा सक्रिय हुने जानकारी दिए ।

देउवाको दबाब
कांग्रेस सभापति शेरबहादुर देउवाले दबाब दिएपछि केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेशले  राजिनामा दिएको बुझिएको छ । देउवाले अप्रत्यक्ष रुपमा  तिवारीलाई राजीनामा दिन बाध्य पारेको कांग्रेस केन्द्रीय कार्यालय निकट स्रोत बताउँछ । मुख्य सचिवको पद सभापतिले चाहेको बेलामा हटाउन सक्ने पद भएका कारण उनको अप्रत्यक्ष दबाब थेक्न नसकी ऋषिकेशले राजीनाम दिएको बुझिएको छ ।
स्याङ्जाका पौडेललाई ल्याउने तयारी
सभापति देउवाले शिक्षक संघ काठमाडौंका पूर्वअध्यक्ष कृष्ण पौडेललाई मुख्यसचिवमा नियुक्तिको तयारी गरेका छन् । स्याङ्जाका पौडेल विष्णुमती कलेजका प्रिन्सिपल हुन् । उनी २०६८ मा भएको शिक्षक संघको केन्द्रीय अध्यक्षमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट