२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मन्त्री बरालले भने – ‘लागूऔषधले समाज दूषित बन्दै’

१३ असार २०७५, बुधबार ०२:२८

असार १३, दाङ | प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताउनुभएको छ । 

अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री बरालले यसको नियन्त्रणका लागि कानूनले मात्रै नहुने भएकाले सचेतनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार तुलसीपुरमा भएको अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसारविरुद्धको दिवस तथा बृहत् सभामा उहाँले सो कुरा बताउनुभएको हो । 

सिंगो प्रदेशलाई लागूऔषध ओसारपसारबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले ओसारपसार कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । “कानूनी तवरले पनि यसलाई नियमन गर्ने कुरामा सबैले सोच्नुपर्दछ, प्रदेशले कानून बनाउँदा यो कुरामा ख्याल गर्नेछ” मन्त्री बरालले भन्नुभयो । प्रदेशसभा सदस्य उत्तरकुमार वलीले लागूऔषधका विरुद्ध प्रदेश सरकारले चासो राखेको बताउँदै लागूऔषध बिक्री वितरणलाई आवश्यक नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले लागूऔषध बिक्री वितरण, सेवन र ओसारपसारलाई नियन्त्रण गर्नका लागि ‘टोबाको फ्रि टोल’को अवधारणा अगाडि ल्याएको बतााउनुभयो । 

लागूऔषध बारेका प्रशिक्षक एवं नार्कोनन् नेपालका अध्यक्ष वसन्त कुँवरले प्रत्येक घरमा लागूऔषध बारेमा सचेतना दिन आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वमा तीन हजार ५०० प्रजातिका नशालु कुरा हुने भएपनि नेपालमा भने पाँच प्रकारका नशालु पदार्थ प्रचलित रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ