विप्लब समूहद्वारा बझाङमा अधिकृतलाई कालोमोसो

Posted on: 27 Jun, 2018

टेकेन्द्र बोहरा | असार १३, बझाङ | नेपाल कम्युनिष्ट पार्टी बिप्लवले बझाङ जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । 

जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई  भ्रष्टाचार गरेको आरोपमा आज बिहानै  कालोमुसो दलेको हो ।

 जोशीले  सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेको नेकपा बिप्लपको आरोप आरोप लगाएको छ ।

जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय  कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको आरोप विप्लपले जनाएको  छ ।  


 त्यस्तै कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी आरोप लगाएको छ । नेकपाले गठन गरेको जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेकोले चेतावनी स्वरुप कालोमोसो दलेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!