२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाको सिमीकोटमा ३४ करोड २२ लाख बराबरको बजेट प्रस्तुत

१३ असार २०७५, बुधबार ०६:१२

असार १३, हुम्ला | सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ । 

मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो जसमा रु एक करोड एक लाख ११ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको छ । 

गाउँपालिकाले विद्यालय र सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । सिमीकोटदेखि धारापानीसम्म सडक निर्माणको लागि रु ९१ लाख बजेट छुट्याइएको छ । प्रत्येक वडामा सडक, रोजगार र एक घर एक बिरुवाको अवधारणा पनि ल्याइएको छ । 

उक्त गाउँसभा सिमिकोट गाउँसभाका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षतामा सञ्चालन भएको थियो । 

अन्तर्राष्ट्रिय लागूपदार्थविरुद्धको दिवस 

यसैबीच, जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । 

सदरमुकाम सिमीकोट बजारमा लागूपदार्थ विरोधी नारासहितको ¥यालीमा राजनीतिक दल, स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी, निजामती कर्मचारी, विद्यालयका शिक्षक, व्यापारीसमेतको उपस्थिति रहेको थियो । 

प्रजिअ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मंगलबारदेखि कसैले पनि लागूपदार्थ सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य