२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

१४ असार २०७५, बिहीबार ०३:५६

असार १४, दाङ | विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ । 

दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् । 

दाङका दशवटै स्थानीय तहले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो । थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सिकलसेल एनिमिया रोगको पहिचान गरी न्यूनीकरण गर्न गाउँपालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानका सहायक डीन डा राजेश्वर अर्याल, दंगीशरण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर चौधरी, हेकुली स्वास्थ्य चौकीका इञ्चार्ज टेकबहादुर खत्री, सिएमए संघ, दाङका अध्यक्ष मुकेशकुमार बुढाथोकीलगायतले रोगको न्यूनीकरणमा सबैको भूमिका हुनुपर्ने बताउनुभएको थियो । 

हेकुली स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का गरी ५० जनाको सहभागिता रहेको थियो । सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचारलगायतका विषयमा जानकारी गराइएको थियो जसको प्रशिक्षकमा डा राजेश्वर अर्याल, ल्याब टेक्निसियन विजयकुमार चौधरी, रमेश पछलदंग्या थारु रहनुभएको थियो । 

अपांगता भएकालाई बाख्रा वितरण 

यसैबीच, यहाँ अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । अपांग मानवाधिकार एवं सरोकार मञ्च नेपाल, दाङले बुधबार एक कार्यक्रमको आयोजना गरी २० जना अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । 

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आर्थिक सहयोगमा घोराही– ३ र ४ का अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति दुईवटाको दरले बाख्रा वितरण गरिएको मञ्चका उपाध्यक्ष भविसरा घर्तीले बताउनुभयो । प्रदेश नं ५ का सांसद रेवतीरमण शर्माले उनीहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएकोे थियो । 

उहाँले यसबाट अपांगता भएका व्यक्तिको जीविकोपार्जनमा सहयोग पुग्ने बताउनुभयो । मञ्चले यसअघि पनि डिडिपी—यूकेको आर्थिक सहयोगमा दाङका २०० अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो