२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

२०७५, १४ असार बिहीबार ०३:५६

असार १४, दाङ | विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ । 

दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् । 

दाङका दशवटै स्थानीय तहले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो । थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सिकलसेल एनिमिया रोगको पहिचान गरी न्यूनीकरण गर्न गाउँपालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानका सहायक डीन डा राजेश्वर अर्याल, दंगीशरण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर चौधरी, हेकुली स्वास्थ्य चौकीका इञ्चार्ज टेकबहादुर खत्री, सिएमए संघ, दाङका अध्यक्ष मुकेशकुमार बुढाथोकीलगायतले रोगको न्यूनीकरणमा सबैको भूमिका हुनुपर्ने बताउनुभएको थियो । 

हेकुली स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का गरी ५० जनाको सहभागिता रहेको थियो । सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचारलगायतका विषयमा जानकारी गराइएको थियो जसको प्रशिक्षकमा डा राजेश्वर अर्याल, ल्याब टेक्निसियन विजयकुमार चौधरी, रमेश पछलदंग्या थारु रहनुभएको थियो । 

अपांगता भएकालाई बाख्रा वितरण 

यसैबीच, यहाँ अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । अपांग मानवाधिकार एवं सरोकार मञ्च नेपाल, दाङले बुधबार एक कार्यक्रमको आयोजना गरी २० जना अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । 

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आर्थिक सहयोगमा घोराही– ३ र ४ का अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति दुईवटाको दरले बाख्रा वितरण गरिएको मञ्चका उपाध्यक्ष भविसरा घर्तीले बताउनुभयो । प्रदेश नं ५ का सांसद रेवतीरमण शर्माले उनीहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएकोे थियो । 

उहाँले यसबाट अपांगता भएका व्यक्तिको जीविकोपार्जनमा सहयोग पुग्ने बताउनुभयो । मञ्चले यसअघि पनि डिडिपी—यूकेको आर्थिक सहयोगमा दाङका २०० अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै