३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा महिला सेल्टर बन्ने

२८ बैशाख २०७३, मंगलवार ०२:५१

पर्वत समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्लामा पहिलेदेखि नै लैगिंक हिंसा पीडित महिलाका लागि एक आश्रयस्थलको खाँचो रहेको महसुस गर्दै आए पनि ठोस पहल भने कसैबाट हुन सकेको थिएन । यतिखेर जिल्ला प्रहरी कार्यालयको विशेष सक्रियतामा महिला सेल्टर बन्ने पक्कापक्की भएको छ ।

सेल्टर निर्माणका लागि केही आर्थिक सहयोग संकलन समेत भई सकेको छ भने भवन निर्माणका लागि कार्य समिति गठन भएको छ । आम भेला आईतवारका दिन उवासंघको सभाहलमा गरिएको थियो । कार्यसमितिको संयोजक चयन भने छलफलपछि हुने बताईएको छ । सेल्टर निर्माण गर्न भनी बोलाईएको सरोकारवाला र सर्वसाधारणको भेलामा नै सहभागीहरुले आफूखुशी आर्थिक सहयोगको रकम बोलेका थिए । पहिलो दिनमै महिला सेल्टर निर्माणको लागि करीव २८ लाख बराबरको रकम सहयोग उठेको छ ।

जिल्लामा हुने विभिन्न घरेलु हिंसाबाट पीडित बनेका महिलाहरुलाई संरक्षण, सेवा र सहायता दिने उद्देश्य सेल्टरले लिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त पहल भएपछि सेल्टर निर्माणले तिव्रता पाएको हो । निर्माणमा व्यवसायी, जिविस, नगरपालिका, महिला तथा वालवालिका कार्यालय, विभिन्न दल, संघसंस्था, समाजसेवी लगायत सर्वसाधारणको सहयोग रहने बताईएको छ ।

खासगरी प्रजिअ झंकनाथ ढकाल र प्रहरी नायव उपरीक्षक गंगा पन्तको अगुवाईमा लैगिंक हिंसा निवारणका लागि जिल्ला समन्वय समिति मार्फत उक्त आश्रयस्थल निर्माण, संचालन र ब्यवस्थापनमा सहयोग गर्न आम नागरिकहरुमा आग्रह गरिएको छ । भेलाबाट बनेको समितिमा २१ जना सदस्य रहेका छन् । केही दिन भित्रमा समितिले पूर्णता पाउने बताईएको छ । सेल्टर निर्माणले हिंसा पीडित महिलाको संरक्षणमा सहज हुने भनी सहयोगी दाताहरुले आर्थिक रकम सहयोग गरेका छन् ।

सेल्टर निर्माण गर्न भनी जिविसबाट १० लाख, कुनपा कार्यालयबाट ५ लाख, रामचन्द्र जोशी ५१ हजार, यान्त्रीक पुलबाट ५० हजार, सरस्वती भण्डारी २५ हजार, सुवर्ण अर्याल ११ हजार १ सय ११, रो. सन्तोष पौडेल ११ हजार ११, मिना केसी १० हजार, नबराज भण्डारी(बाजेको सेकुवा कन्नर)बाट ६ हजार ५ सय, मिना केसी तिलाहारबाट ५ हजार, थममाया पुन १० हजार ५ सय, युवा संघ नेपालबाछ ५ हजार ५ सय, शिशिर नेपाल, ५ हजार लगायत विभिन्न निकाय र संघसंस्था तथा थुप्रै सामाजिक ब्यक्तिहरु, जिल्लाका सांसदहरुबाट गरी रकम संकलन भएको छ । आश्रय स्थल सदरमुकाम कुश्माको बडागाउँ स्थित पुरानो नारी शिल्प केन्द्रको जग्गामा निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट