३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहयोगका हात बढाऔं

२९ बैशाख २०७३, बुधबार ०२:२५

मुत्यु र जीवनको दोसाधमा लडिरहेका आठ वटा छोरी र एक छोराका बाबु मिठे भनी चिनीने मिथुन गिरी मुटु रोगका कारण आज अस्पतालको बेडमा सिमित भएका छन् । एघार जनाको परिवार पाल्नको लागि भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेर गुजरा चलाउँदै आएका उनी व्यथाले थला परेसँगै परिवारको विचल्ली भएको छ ।

जीवनभरको कमाई आफ्नो छोराछोरीको लालनपालनमै खर्चिएका उनी व्यथाले विस्तारमा सिमित गराउँदा उपचार गर्न सकिराखेका छैनन् । आर्थिक अबस्था कमजोर भएका कारण उनी मृत्यु र जिवनको दोसाँधमा पुगेका हुन् । कसैको उपकार पाए जिउने आश गर्दै उनी आफ्नो जिवन रक्षाको लागि आग्रह गरिरहेका छन् । दुर्लुङ वडा नं. २ विसौनाका अधबैशे उमेरका मिथुन थलिएसँगै अहिले घरपरिवारमा आफ्नो अभिभावक कतै गुम्ने त हैनन् भनी त्रास छ ।

यदि उनी उपचार नपाएर जीवन गुमाउन पुगे भने निश्चित छ कि उनको परिवार विचल्लीमा पर्नेछ । भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरु हजार गुणाले महान हुन्छन् भन्ने गरिन्छ । तपाई हाम्रो एक सानो सहयोगले कसैको जीवनमा नौलो किरण आउन सक्छ । मानवीय सेवा धर्म नै सवैभन्दा उत्तम धर्म हो । भनिन्छ हजार मैनबत्ती बाल्न नसकेता पनि एक मैनबत्ती बाल्न नचुक अर्थात हामी ठूलो रुपमा आर्थिक वा अन्य कुनै कुराले सहायता गर्न सक्दैनौ भने पनि आपूmले सकेको थोरै रकम सहयोग गर्न सकेमा पनि मुटुको व्यथा लिएर मृत्युसँग जुध्दै गरेका मिठेको उपचारमा ठुलो सहयोग पुग्न सक्छ ।

एक गरीव र आर्थिक अवस्था कमजोर भएको परिवारमा ठुलो रोग लाग्यो भने कतिसम्मको दर्दनाक अवस्था हुनसक्दो रहेछ भन्ने उदाहरण आज मिठे बनेका छन् । उनलाई परेको विपत्तिमा सहयोग गर्नु हामी सवै नेपाली दाजुभाईको कर्तव्य हो । राज्यले शक्ति र सत्ताको नजिक भएकाहरुलाई सहयोग गर्दै आएको छ । के मिठे जस्तो गरीव मजदुर रोगले च्यापेर थलिदा राज्यले सहयोग गर्नु पर्ने हैन र ? केही सानो रकम राज्यले सहयोग गर्दैमा कर्तव्य पुरा भएको मानिन सक्छ ? कदापि सक्दैन ।

मान्छेसँग प्रशस्त धन हुन्थ्यो भने जीवन रक्षाको लागि सवैसँग हात किन पसार्नु पर्ने थियो र ? आखिर केही नलागेपछि बाँच्नैका लागि जीवनको भिख माग्नु त प–यो नै । यो जीवन रक्षाको लागि गरिएको याचनालाई सहयोग पुराउनु हामी सवैकोक कर्तव्य हो । सवैले आफ्नो स्थानबाट सहयोगी हातहरु बढाएर मिठेको जीवन रक्षा गरी उनको परिवारको खुशी फर्काउन पहल गरौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’