बझाङको मष्टा गाउँपालिकाका अध्यक्षलाई कालोमोसो

Posted on: 29 Jun, 2018

टेकेन्द्र बोहरा | असार १५, बझाङ | केहि दिन अगाडी बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको बिप्लप निकट नेपाल कम्युनिस्ट पार्टीले आज जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर कठायतलाई कालोमोसो लगाएको छ । 

भ्रष्टाचार गरेको भन्दै आज कालोमोसो लगाईएको हो बिप्लप निकट कार्यकर्ताले जनाएको छ  ।


 योजना सञ्चालन गर्दा कमिसन खाएको, कार्यालय समयमै मदिरा सेवन गरि हो–हल्ला गरेको, बजेट वितरणमा मनोमानी गरेको आरोप लगाउदै कालोमोसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बझाङले जनाएको छ ।

 पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!