३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेल्टर , पीडित महिला र बालबालिका

३० बैशाख २०७३, बिहीबार ०२:०२

लोकतन्त्रको बहाली भएता पनि नेपाल अझै पितृसतात्मक पद्धतिबाट छुटकार पाउन सकेको छैन जसका कारण महिला तथा बालबालिकामाथि      हरेक प्रकारका हिंसाका घटनाहरु सार्वजानिक भैराखेका छन् । ६५ बर्षे लामो कालखण्डपछि नेपालमा नयाँ संविधान जारी भयो जसले देशको उच्च निकायमा महिलाको पहुँचपनि पु¥यायो तर सोहि अनुसारको काम भने अझै हुन सकेको छैन । देशको उच्चपद राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी, संविधानसभाको अध्यक्षमा अन्सरी घर्ती मगर र सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सुशिला कार्की पुगिन तर पनि समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरुमा कमी आएका छैनन् भने हिंसामा परेका वा पीडित बनेका महिला तथा बालबालिकाको लागि आवश्यक पर्ने सेल्टर निर्माणको थलानी हुन सकेको छैन ।

उपत्यका लगाएत देशका ठूला सहरमा विभिन्न महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले महिला तथा बालबालिकाको लागि आश्रयस्थलको निर्माण गरी उनीहरुको जीवनमा नयाँपन ल्याउन कोसिस गरेता पनि पर्वतमा भने त्यसो हुन अझै सकेको थिएन । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने जिल्लामा संघसंस्था भएता पनि पीडित बनेका महिला तथा बालबालिकाको लागि आवश्यक पर्ने आश्रयस्थलको निर्माण गर्नुपर्छ उनीहरुको संरक्षण गर्नुपर्छ भन्ने अझै कुनै पनि संघसंस्थाको मनमा आएको थिएन आएको भएपनि सोही अनुसारको काम हुन सकेको थिएन । प्रहरी नायव उपरिक्षक गंगा पन्तले जिल्लामा पीडित बनेका महिला तथा बालबालिकाको लागि आश्रयस्थल तथा सेल्टरको आवश्यकताको अनुभूति गरीन् र जिल्लामा सेल्टर बनाउनको लागि सरोकारवाला निकायसँग समन्वय गरी अभियानलाई सार्थक बनाउनको लागि परिन् जसको उपज पर्वतमा सेल्टर निर्माण हुने भएको छ ।

ढिलै भएपनि जिल्लामा पीडित महिला तथा बालबालिकाको लागि सेल्टरको आवश्यकता भएको यहाँका बुद्धिजिवी र सोही क्षेत्रमा काम गर्ने    सरोकारवाला निकायले महसुस गरेका छन् र प्रनाउ पन्तको अभियानलाई साथमा साथ दिएका  छन् । सेल्टर निर्माणको लागि समिति समेत गठन भएको छ ।  सेल्टर निर्माण अभियान छेपाराको उखान नहोस् र तोकिएको समयमा पारदर्शीता ढंगले निर्माणको कार्य अघि बढोओस् । यसमा राजनीतिक हस्तक्षेप नहोस् । हिंसामा परेका महिला तथा बालकालिकाले सेल्टर निर्माण पनि त्यसको अनुभूति गर्न सकुन यहिनै अभियानको सार्थकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’