२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जमिन भासिएपछि बाग्लुङ काठेखोलाका १४ परिवार विस्थापित

२०७५, १६ असार शनिबार १२:३५

असार १६, बागलुङ | जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् । 

विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो । 

जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठाउँतिर लागेका हुन् । “घरगोठ पनि चर्किएर बस्न नमिल्ने बनेका छन्,” वडा अध्यक्ष कँडेलले भन्नुभयो । खेती गर्ने जग्गा पनि धाँजा फाटेपछि गाउँलेहरु पीडामा छन् । लत्ताकपडा, खाद्यान्न, पशु चौपायासहित घर छोडेका विस्थापित राहत र पुनःस्थापनाको पखाइमा छन् । तत्कालका लागि अस्थायी बास बनाएर उनीहरुलाई राख्ने तयारीमा गाउँपालिका छ । 

“घर छोडेर हिँड्नुपर्ने अवस्था भयो”–विस्थापित सुमित्रा परियारले भन्नुभयो । सुरक्षित ठाउँमा जग्गा खोजेर पुनःस्थापना गर्नुपर्ने विस्थापितको माग छ । “तत्काललाई काठ र जस्तापाताबाट बन्ने अस्थायी संरचनामा व्यवस्थापन गर्छौँ”– वडा अध्यक्ष कँडेलले भन्नुभयो, “दीर्घकालीन पुनःवासको लागि समय लाग्छ ।” 

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खेरल नेतृत्वको टोलीले शुक्रबार घटनास्थलको निरीक्षणपछि विस्थापित परिवारलाई भेटेरै राहत रकम बाँडेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् प्रतिपरिवार रु १० हजारका दरले राहत रकम वितरण गरिएको हो । यस्तै, नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा बागलुङको तर्फबाट एक÷एक थान त्रिपाल प्रदान गरिएको छ । 

वडा कार्यालयले पनि खाद्यान्न सहयोयस्वरुप प्रतिपरिवार एक बोरा चामल उपलब्ध गराएको जनाइएको छ । थप राहत र पुनःस्थापनाको लागि सहयोग जुटाउने काम शुरु भएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले बताउनुभयो । “पुर्नस्थापनाको लागि सबै पक्षसँग मिलेर योजना बनाउँछौँ”–अध्यक्ष थापाले भन्नुभयो । 

निरन्तर जमिन भासिदै जाँदा तल्लो काउलेमा रहेको वस्ती र मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत जोखिममा पर्ने खतरा छ । गाउँपालिकाले जोखिमयुक्त ठाउँमा हिँडडुल नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ । गत मंगलबारदेखि परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरोका घटना निम्ताएको छ । पहिरोले जिल्लाको पश्चिम गलकोट र दक्षिण भेगमा बढी क्षति पुर्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै