२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

नाबालक शिशु सहित मानसिक सन्तुलन गुमाएकी सुत्केरीको उद्दार

२०७२, ३० पुष बिहीबार ०९:३४

अजयकुमार साह । पुस ३०, उदयपुर । जिल्लाको रौता ९ मुर्कुचीबाट एक नाबालक सहित
मानसिक सन्तुलन गुमाएकी सुत्केरी महिलाको आज विहिबार उद्दार गरिएको छ ।

sishu

मानसिक सन्तुलन गुमाएकी महिलाबाट जन्मेको बच्चा सहित
आमालाई प्रमुख जिल्लाअधिकारी कृष्णचन्द्र घिमिरेको पहलमा जिल्ला वालकल्याण समितिले उद्दार गरि
जिल्लाअस्पताल उदयपुरमा ल्याईएको होे । एक हप्ताअघि मुर्कुचीबजार पुगेकी तराई मुलकी उक्त महिलाबाट आज
विहिबार विहान बच्चा जन्मिएपछि स्थानीयले बच्चालाई सुरक्षित स्थानमा लगेका थिए । मुर्कुची स्थित
कृषीबजारको टहरामा महिलाले बच्चा जन्माएको थाहा पाएपछि स्थानीय महिलाहरुले बालकलाई सुरक्षित राखी
प्रहरीलाई खबर गरेकाथिए ।

आमाको मानसिक सन्तुलन ठिक नभएको र
बच्चाको स्याहार-सुसार गर्न सक्षम नरहेकाले उद्दार गर्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र
घिमिरेले बताए । प्रजिअ घिमिरेका अनुसार सुत्केरी महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा रहेको जानकारी
प्राप्त भएकाले मासवेसकी नजबुल खान सहितका स्थानीय अधिकारकर्मी र महिला प्रहरी खटाई अस्पताल भर्ना
गरिएको छ ।

sishu
news

अस्पताल स्रोतका अनुसार नाबालकको स्वास्थ्य स्थिती
खतरामुक्त रहेको जनाएको छ । बच्चा पूर्णरुपमा स्वस्थ रहेको र आमाले बच्चालाई स्याहार गर्न सक्ने अवस्था
नरहेकोले बच्चाको स्वास्थ्य स्याहारका लागी बैकल्पीक व्यवस्था गर्नुपर्ने  जिल्ला अस्पतालका प्रमुख
डा.चुमललाल दासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन