२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाढीले नवलपरासीमा १७० घर डुबानमा, सडकसमेत बगायो

२०७५, १८ असार सोमबार १२:१९

असार १८, नवलपरासी । गएरातिदेखि परेको बर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् ।

बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको बडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ । बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।



वडा नं. ६ मा विद्युतटोल, शिवालय टोल र बेताहानी गाउँ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको वडाअध्यक्ष रोहित थारुले जानकारी दिए । त्यसैगरी वडा नं. ४, १०, र १३ मा समेत डुवान भएको छ ।

बर्षाको कारणले सरावल गाउँपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी क्षेत्रमा बाढी पसेको छ । सुस्ता गाउँपालिकामा १ बरुवाबजार र आसपासको क्षेत्रमा बाढी पसेको छ । क्षतिको विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

त्यस्तै प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।

वर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै