२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सुगम भएर पनि सञ्चारविहीन उदयपुरको ताप्ली

२० असार २०७५, बुधबार ०४:३४

हरिकुमार राई | असार २०, गाईघाट | उदयपुर जिल्लाका आठ स्थानीय तह अर्थात चार नगरपालिका र चार गाउँपालिकामध्ये अहिले पनि जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा सञ्चार सुविधाको व्यवस्था हुन नसक्दा सञ्चारविहीन अवस्थामा रहेको छ । 

जिल्लाका अन्य सबै स्थानीय तहमा विद्युत् तथा टेलिफोन सेवा, मोबाइल सेवाको राम्रो सुविधा रहेता पनि ताप्लीवासी भने सञ्चार सेवाविहीन अवस्थामा रहँदै आउनु परेको ताप्ली–४ का बमेन्द्र तामाङ बताउनुहुन्छ । 

दुई वर्षअघि मात्र एकमात्र एनसेलको टावर ताप्लीस्थित इनामे पहाडको टुप्पोमा स्थापना भएपनि नेपाल टेलिकमको टावर तथा टेलिफोन सेवा व्यवस्था हुन नसक्दा सञ्चार सेवाविहीन हुन परेको स्थानीय जयन्द्र थापाले बताउनुभयो । 

थापा भन्न्नुहुन्छ, “गाउँलेले कुनै क्षेत्रमा आफन्तसँग कुरा गर्नु पर्यो भने इनामे पहाडको टुप्पोमा दुईघण्टा हिँडेर पुगेमात्र एनसेल मोबाइल टिप्छ, नत्र गाउँभरि सञ्चार छैन, सबै खबर बुझ्न र सञ्चार सेवाका लागि कटारी धाउन बाध्य छौँ ।” 

नेपाल टेलिकमले सञ्चार सेवा विस्तार नगर्दा र यसको पहल नहुँदा इनामेबाहेक गाउँपालिकाका अन्य गाउँका बासिन्दा सञ्चारविहीन अवस्थामा रहनुपरेको स्थानीयवासीको गुनासो बढ्दै जान थालेको छ । रुपाटारका कुमारी खड्का भन्नुहुन्छ, “सञ्चारसेवा नहुँदा काठमाडौँ तथा विराटनगरमा अध्ययन गर्ने छोराछोरीसँग कुराकानी गर्न चारघण्टा लगाएर कटारी झर्नुपर्ने बाध्यता छ ।” 

सञ्चारको अभावमा गाउँपालिकाको कार्यालयमा समेत अन्यत्रबाट आउने सर्कुलर, कागजात प्राप्त गर्नुपर्ने र ती कागजात लिन पनि कटारी नै धाउनुपर्ने बाध्यता रहेको ताप्ली गाउँपालिकाका अधिकृत लिला श्रेष्ठको गुनासो छ । 

जिल्लाका सबै भागमा विद्युत् सञ्चार सुविधा व्यवस्था भइसके पनि ताप्ली गाउँपालिका अहिले पनि कर्णालीको हुम्लाभन्दा पनि पछाडि रहेको रुपाटारका एक शिक्षक नरेन्द्रलाल कर्णले बताउनुभयो । 

सञ्चारसेवा व्यवस्थापनको समस्याको विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापासँग जानकारी माग्दा आफूले ताप्लीमा नेपाल टेलिकमको टावर स्थापना गर्न पहल गरिरहेको बताउनुभयो । 

यस्तै, गाउँपालिकामा विद्युत्का लागि पनि पहल भइरहेको अध्यक्ष थापा बताउनु हुन्छ । तर कहिलेसम्ममा व्यवस्थापन हुन्छ भन्ने कुरामा भने ग्यारेन्टी गर्न नसकिने थापाको धारणा छ । 

तराईको जिल्ला भएर पनि उदयपुरको ताप्ली गाउँपालिका अहिले पनि सञ्चार सेवाविहीन र विद्युत्विहीन अवस्थामा कर्णाली क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएको अवस्थामा रहनुपर्ने बाध्यता रहेको ताप्लीवासी जनताको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु