२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

२० असार २०७५, बुधबार ०४:५४

असार २०, रसुवा | उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन् । 

उनीहरुलाई उपचारार्थ काठमाडाँै पठाइएको छ । घाइतेको टाउको, खुट्टा र हातमा बढी चोट लागेको बताइएको छ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीअन्तर्गत राजवंशी डोजर अपरेटर र घर्तीमगर कामदारको प्राथमिक उपचार गर्ने स्वास्थ्य सहायक भएको प्रहरीले जनाएको छ । 

आमाछोदिम्मो गाउँपालिका–५ मा भएको सो दुर्घटनामा बा १७ च ५३४५ नंको बोलेरो जिपका चालक धादिङ घर भएका अन्दाजी २४ वर्षीय प्रकाश तामाङ फरार रहेकाले उनको खोजीकार्य जारी राख्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य