2026-09-13 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजारौं भारतीय तिर्थयात्रीको हुम्लामा विचल्ली

रेशमराज रोकाया/असार २०, हुम्ला | चिनको मानसरोवर तिर्थस्थल आउने भारतीय नागरिक हुम्ला र चिनको सीमामा अलपत्र परेका छन् । 

गएको ४ दिन देखी हुम्ला लगायत देशभरको मौसम बदली रही पानी परेको कारण हवाई उडान हुन नसक्दा भारतीय नागरिकको यो अवस्था भएको हो । चिनको मानसरोवर कैलाश पर्वत परिक्रमा गर्न यो नाका सहज भएको कारण हरेक वर्ष यहाँ भारतीय नागरिकको घुईँचो लाग्ने गरेको छ । विभिन्न ट्राभल एजेन्सीको सहयोगमा तिर्थस्थल आउने गरेको भएता पनि मौसमी प्रतिकुलको कारण केही समस्या हरेक वर्ष हुने गरेको छ ।

सिमिकोटका विभिन्न होटेलमा बास बसेका भारतिय नागरिक करिब १ हजार २ सयको संख्यामा घर फर्कन नपाएको भारतिय नागरिकको भनाई रहेको छ । हरेक दिन पानी परेको कारण विहान र दिउसो हुस्सु लाग्नाले विमान कम्पनीले उडान भर्न सकेका छैनन भने अपरान्ह तिर हुने हवाई उडान भएको कारण धेरै तिर्थयात्रीलाई विमान सयर गराउन नसकिएको समिट ईयरका स्टेशन प्रमुख गोविन्द लामाले बताउनु भयो । उता हुम्ला र चिन सिमा हिल्सामा पर्यटकको लागि बास बसाल्नको लागि आवश्यक मात्रामा होटेल नभएको कारण पाल हालेर समेत तिर्थयात्रीलाई बसाल्नु परेको अवस्था रहेको छ । हिल्साबाट विभिन्न कम्पनीका हेसलकोप्टरले दिनहुँ सयौंको संख्यामा उडान भर्ने गरेको भएता पनि अझै हेलिकोप्टरले उडाउन नसकिरहेको अवस्था छ । 

समस्यालाई सहज गर्नको लागि भारतिय राजदुतवासले नेपाली सेनालाई अनुरोध गरी आजै मात्र ३ उडान नेपाली सेनाको हेलिकोप्टरले भारतिय नागरिकलाई सुर्खेत पुर्याएको छ । हरेक उडानमा २२ जनाको दरले उद्धार गरेको छ । कोही भने खाने औषधी समेत सकिएको कारण विरामी परेको बताउँदै यहाँ बस्नको लागि विजोग भएको सुनाउने गरेको थिए । घर फर्कनको लागि ३ दिन अगाडीको तालिका भएको भएता पनि यात्रा लम्बिँदा समस्या भएको समेत गुनासो गरेका छन् । दिनभरी विमानस्थलमा उडानको प्रतिक्षामा बस्दा खानाको समेत समस्या हुँदा विरामीले झन् च्यापेको, आज उडान नभएमा ज्यान नै जोखिममा रहेको बैग्लोर भारतका विश्वनाथले बताउनु भयो ।

विमानस्थलमा ५ दिन अघि देखी पाईला राखी नसक्नु भिँड हुने गरेको छ । हरेक दिन तारा, सिता र समिट ईयरले ३ देखी ६ उडान आजबाट गर्ने गरेको भएता पनि यो अप्रयाप्त रहेको छ । विमान कम्पनीका कर्मचारीले विमानको टिकट वितरण गर्न असहज भएको कारण विमान कम्पनीको कार्यालय समेत बन्द गरी आन्तरिक रुपमा टिकट वितरण गरी रहेका छन् । हरेक दिन विमानस्थलमा आएर फर्कन बाहेक केही नभएको चेन्नाई, भारतका रेनुका ट्रमाले बताउनु भयो । 

आज विमानस्थलमा आएको ४ दिन भयो अझै हवाई टिकट नपाउँदा स्वास्थ्य अवस्था विग्रँदै गएको र खाना अनि खाजा समेत खान नपाएको ट्रमाको भनाई रहेको छ । यहाँ जिम्मा लिने ट्राभल एजेन्सीले आफुलाई राम्रो बन्दोवस्त गर्न नसकिरहेको समेत उनीहरुको भनाई रहेको छ । होटेलमा भिँड निक्कै छ, कसको के अवस्था छ भन्ने बारेमा केही पनि बुझ्न नसकिरहेको अवस्था रहेको छ । होटेलमा सुत्न र खानको लागि राम्रो बन्दोवस्त गरिएको भएता पनि हाल धेरै पर्यटकको चापले गर्दा केही अव्यवस्थित भएको हुन सक्नेमा मानसरोवर होटेलका सञ्चालक चिन रावतले जानकारी गराउनु भयो । आज र भोलीमा मौसम केही सुधार हुन सकेमा यसको उचित बन्दोवस्त हुन सक्ने रावतको भनाई रहेको छ ।

नेपाली नागरिकले उपचार गर्नै पाएनन् 

भारतिय नागरिकको भिँडले गर्दा नेपाली र हुम्ली विमान यात्रुलाई झन् विचल्ली भएको छ । विमान कम्पनीले महँगो भाडामा भारतिय लगायत अन्य पर्यटकलाई मात्र हवाई टिकट दिँदा झन् समस्या भएको छ । यहि असार २९ गते शिक्षक सेवा आयोगको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा समावेश हुनको लागि जिल्लाका ४८ जना शिक्षकले टिकट नपाउँदा परीक्षा दिन नसक्ने अवस्थामा पुगेका छन् । आजै हवाई उडानमा टिकट पाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी कक्षमा पुगेका अस्थायी शिक्षकले ज्ञापन पत्र बुझाई माग सम्वोधन गर्नको लागि अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले हुम्लामा सञ्चालनमा आएका विमान कम्पनीलाई अस्थायी शिक्षकको परीक्षालाई ध्यानमा राखी हवाई टिकट उपलव्ध गराउनको लागि अनुरोध गरिएको समेत जानकारी गराउनु भयो ।

जिल्लामा विरामी र अन्य कामको शिलशिलामा जिल्ला बाहिर जानु पर्ने यात्रुले भने महिनौं दिन सम्म कुरेको भएता पनि टिकट नपाउँदा समस्या भएको पाईएको छ । विरामीको उपचारको लागि १ जनालाई हरेक हवाई कम्पनीले सिट उपलव्ध गरेको भएता पनि अन्य यात्रुलाई असहज भएको छ । दिर्घ रोगी र हुम्लामा उपचार गर्न समस्या भएका विरामीको लागि ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । विमान कम्पनी र हुम्ला उद्योग वाणिज्य संघले गत जेठ पहिलो हप्ता गरेको अनुसार हरेक विमान कम्पनीको उडानमा अनिवार्य २ जना नेपाली यात्रुलाई टिकट उपलव्ध गराउनु पर्ने गरिएको भएता पनि विमान कम्पनीले यसको बेवास्ता गर्ने गरेको छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले