२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मल कालोबजारी गर्नेलाई कारबाही

२०७५, २१ असार बिहीबार ०५:५४

 असार २१, तुलसीपुर । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । 

नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा रु २०० र डिएपीमा रु ५० भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए । 

उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिन अगाडि रासससहित यहाँका विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानलाई रकम फिर्ता गरेको हो । 

किसानले रकम फिर्ता भएपछि खुशी व्यक्त गर्दै सहकारी संस्थाका नाममा ठगी गर्नेलाई कारबाहीसमेत हुनुपर्ने बताएका थिए । रकम फिर्ता कार्यक्रममा वडाध्यक्ष डम्बर न्यौपाने, युवा समाजसेवी मोहन पौडेल, नेकपाका हुमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी