१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मल कालोबजारी गर्नेलाई कारबाही

२१ असार २०७५, बिहीबार ०५:५४

 असार २१, तुलसीपुर । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । 

नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा रु २०० र डिएपीमा रु ५० भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए । 

उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिन अगाडि रासससहित यहाँका विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानलाई रकम फिर्ता गरेको हो । 

किसानले रकम फिर्ता भएपछि खुशी व्यक्त गर्दै सहकारी संस्थाका नाममा ठगी गर्नेलाई कारबाहीसमेत हुनुपर्ने बताएका थिए । रकम फिर्ता कार्यक्रममा वडाध्यक्ष डम्बर न्यौपाने, युवा समाजसेवी मोहन पौडेल, नेकपाका हुमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का