२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा झाँक्रीको भर पर्दा एक सुत्केरीको मृत्यु

२१ असार २०७५, बिहीबार ०६:०४

असार २१, नुवाकोट | झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । 

दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । 

सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिष्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो । 

बुधबार दिउँसो सुत्केरी भएकी माइली तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए । धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु गएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताउनुभयो । 

स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न पनि माइली नआएको र अहिले मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको अहेव श्रेष्ठले बताउनुभयो । 

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो । बेलैमा स्वास्थ्य संस्थामा पुर्याएको भए सुत्केरीको ज्यान बचाउन सकिने अहेव श्रेष्ठले बताउनुभयो । उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको छिमेकी ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य