२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमाउन गएको श्रीमानको शव आएपछि श्रीमति वेहोस, शोकमग्न दाङ

२०७५, २४ असार आईतवार ०५:५६

प्रेम सुनार | असार २४, बुटवल | शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मुत्यु भएपछि राप्ती गाँउपालिका ३ सुकुमवासी टोल शोकमा डुबेको छ ।

राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ति ,कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ निवासी ६५ नम्वर टोलका ३५ वर्षिय सुवेर चौधरीको ट्रिपर दुर्घटना परि मुत्यु भएको थियो । एउटै गाउँका तीन जनाको दुर्घटनामा मृत्यु हुदाँ सिंगो गाँउ शनिवार शोकमा थियो ।

दैनिक मजदुरी गरि जीविका चलाउदै आएका कविता र सुवेर दैनिक ६ सय रुपैया दिने सहमतिमा वैशाख महिनामा मुस्ताङ पुगेको कविताकी छोरी श्रृजनाले बताइन । त्यस्तै सुवेरकी पत्नी देवन्ती चौधरी श्रीमानको मृत्यूको खबरले बेहोसी अवस्थामै छिन । भखैर मात्र टिनको छाना लगाइ घर बनाएर मजदुरी गर्न गएका श्रीमानको काम गर्ने क्रममा मृत्यु भएपछि परिवार संकटमा परेको छ । उनिहरुसंगै राजपुर गाँउपालिकाका २ जना दुर्घटना परि मृत्यु भएका छन । राजपुर गाउपालिका १ निवासी ३० बर्षिय बालकुमार घर्ति र राप्ती गाउपालिका–३ निवासी २५ वर्षिय कमल बुढाको मृत्यु भएको थियो ।


कैलाली जिल्ला नारायणपुर नगरपालिका–८ हाल राप्ती गाँउपालिका ३ माइतीघर भएकी २२ वर्षिय विन्ती घर्ति लगाएत २० जनाको मृत्यु भएको थियो । दाङ , कैलाली र कपिलवस्तुका मृतक मजदुरहरुको शव शनिवार दिउसो नेपाली सेनाको हेलिकेप्टरद्धारा लमहीमा ल्याएको थियो । उनीहरुको शव लमही अस्पतालमा पोष्टमाटम पछि आफन्तलाइ बुझाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरक्षक अरुण कुमार सिहले बताएका छन ।

उनीहरु मुस्ताङमा राम्रो कमाई हुने आशामा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते