२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती न्यायिक समितिमा २२ विवाद दर्ता

२४ असार २०७५, आईतवार ०८:१६

असार २४, तुलसीपुर दाङ | राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् । 

गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र तीन वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधानका लागि पठाइएको छ । 

अन्य विवाद छलफलका क्रममा छन् । समितिमा जग्गा विवाद, लेनदेन, घरझगडा, कुलो विवादलगायत विवाद आउने गरेका छन् । समाधानका क्रममा विवादित पक्ष समयमा नआउँदा पनि समस्या हुने गरेको समितिका संयोजक चौधरीले बताउनुभयो । उहाँका अनुसार समितिले १३ प्रकारका विवाद निरुपण गर्ने र ११ प्रकारका विवादलाई मेलमिलापको माध्यमबाट गर्ने गरिएको छ । 

यसैबीच गाउँपालिकाको तेस्रो गाउँसभाको बैठकबाट गाउँपालिकाको न्यायिक समितिको कार्यविधिसम्बन्धी विधेयक २०७५ सर्वसम्मत स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै न्याय सम्पादनमा थप सजिलो भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ